हुप्सेकोट गाउँपालिकाद्धारा ४३ करोड ५१ लाखको बजेट विनियोजन

NAWALPUR TIMES

हुप्सेकोट गाउँपालिकाद्धारा ४३ करोड ५१ लाखको बजेट विनियोजन
105942917 647312765996904 2900236978132677095 n scaled

शालिकराम कोइराला, नवलपुर

नवलपुरकाे हुप्सेकाेट गाउँपालिकाकाे छैठौं गाउँसभामा बुधबार आगामी बर्षका लागि ४३ कराेड ५१ लाख बजेट सहित नीति तथा कार्यक्रम पास गरिएको छ।

पालिकाकी अध्यक्ष लक्ष्मी देबि पाण्डेले प्रस्तुत गरेकाे आर्थिक वर्ष ०७७-७८ काे नीति तथा कार्यक्रममा काेराेना देखि करेसाबारी र जुठेल्नाे समेतलाई समेटिएको छ।

हुप्सेकोट गाउँपालिकाद्धारा ४३ करोड ५१ लाखको बजेट विनियोजन 3

नीति तथा कार्यक्रम र बजेटमा काेभिड-१९ बाट सुरक्षित रहन हुप्सेकाेटमा प्रयाेगशालाकाे स्थापना र २४ सै घण्टा कार्यस्थलमा खटिनेगरी स्वास्थ्य सेवा प्रवाह गरिने कुरा उल्लेख गरिएकाे छ।

हुप्सेकोट गाउँपालिकाद्धारा ४३ करोड ५१ लाखको बजेट विनियोजन 4

त्यस्तै गरी गाउँघरका दिदीबहिनीहरूकाे स्वास्थ्य र सरसफाइलाई लक्षित गरि पालिकाभरि “व्यस्थित जुठेल्नाे कार्यक्रम” समेत संचालन गरिने भएकाे छ। गाउँपालिकाकी उपाध्यक्ष स्वतन्त्र काेपिला मल्लले सभामा प्रस्तुत गरेकाे बजेटमा स्वास्थ्यमा ५५ लाख, शिक्षामा ८७ लाख, खेलकुदमा १८ लाख ५० हजार र खानेपानीमा १३ लाख ५० हजार रहेकाे छ।

त्यस्तै गरी महिला तथा बालबालिका तर्फ २० लाख, वडागत याेजना सहितकाे सामाजिक विकासमा ३ कराेड ११ लाख ३१ हजार २ सय ४०, वन तथा वातावरण र विपद् ब्यबस्थापनमा १ कराेड ३४ लाख ५१ हजार ५ सय ८० रूपैयाँ बजेट विनियाेजन गरिएकाे छ। पूर्वाधार विकास तर्फ पनि बजेटले प्रशस्त ध्यान दिएकाे छ।

जस अन्तरगत आगामी वर्षको निम्ती पूर्वाधारमा सबैभन्दा धेरै रकम १३ कराेड ८९ लाख ७४ हजार ६ सय रूपैयाँ छुट्याइएको छ।

आर्थिक विकास अन्तरगत पशु,कृषि,पर्यटन,लगाएत वडागत विकासतर्फ पनि वजेटले सम्वाेधन गरेकाे छ। जस अन्तर्गत १ कराेड ६४ लाख ४२ हजार ५ सय ८० रूपैयाँ विनियोजन गरिएकाे छ।

हुप्सेकाेट गाउँपालिकाकाे पालिका स्तरीय संस्थागत विकासमा १ कराेड ८० लाख र गाउँपालिका कार्यालय संचालन तथा प्रशासनीक खर्चतर्फ ५ कराेड २४ लाख बजेट विनियोजन गरिएको छ। यस अतिरिक्त प्रदेश सरकार समपुरक बजेट १ कराेड ५० लाख र संघीय सरकारकाे तर्फबाट सशर्त १५ कराेड ५९ लाख रूपैयाँ बजेटकाे ब्यबस्था गरिएकाे छ।

हुप्सेकाेट गाउँपालिकाले अआफ्नाे छैठौं गाउँसभामा महामारीको समयमा अग्रपंतिमा रहेर उत्कृष्ट कार्य सम्पादन गरे बापत एम्बुलेन्स चालक, प्रहरी र कार्यालय सहयाेगीलाई नगद सहित सम्मान गरेकाे थियाे। सभाकाे संचालन सहजिकरण प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकाेटाले गरेका थिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology