सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनबाट ७ कोरोना संक्रमित डिष्चार्ज

NAWALPUR TIMES

सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनबाट ७ कोरोना संक्रमित डिष्चार्ज
1621441788samudieak prakartik chikseleya rahajar. 1

प्रकाश भण्डारी, गैँडाकोट

नवलपुरको देवचुली नगरपालिका स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनबाट आज ७ जना निको भई घर फर्किएका छन्।

सामुदायिक प्राकृतिक चिकित्सालयमा कोभिड-१९ पोजेटिभ देखिई आइसोलेसनमा भर्ना भई बसेका उनीहरूलाई आज दिउसो २ बजे डिष्चार्ज गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख छ।

सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनबाट ७ कोरोना संक्रमित डिष्चार्ज 2

भरतपुर अस्पतालको प्रयोगशालामा पठाईएको स्वाब परिक्षण रिपोर्टमा नतिजा नेगेटिभ देखिएसँगै उनीहरू डिष्चार्ज भएका हुन। उनीहरूको दोस्रो स्वाब रिपोर्ट पनि नेगेटिभ आएपश्चात डिष्चार्ज गरिएको हो।

कोभिड-१९ जितेर घर फर्किएका हरूमा गैँडाकोट नगरपालिका वडा नं. ७ का ३३ बर्षीय पुरूष, देवचुली नगरपालिका वडा नं. ६ का २३ बर्षीय पुरूष, कावासोती नगरपालिका वडा नं. १ का २१ र ४० बर्षीय पुरूष, बौदीकाली गाउँपालिका वडा नं. ४ का ३० र ३२ बर्षका पुरूष र बिनयी त्रिवेणी गाउँपालिका वडा नं. ४ का ३३ बर्षीय १ पुरूष सहित ७ जना रहेका छन्।

साथै मध्यबिन्दु जिल्ला अस्पताल कोभिड-१९ अस्थायी अस्पताल सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा भर्ना भई बसेका अन्य सबै व्यक्तिहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बिज्ञप्तिमा जनाईएको छ।

सामुदायिक प्राकृतिक चिकित्सालय सँग सम्बन्धित अन्य समाचार

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology