बौदीकाली गाउँपालिकाका २० बर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि (यात्रा विवरण सहित)

NAWALPUR TIMES

बौदीकाली गाउँपालिकाका २० बर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि (यात्रा विवरण सहित)
Untitled 1

प्रकाश भण्डारी, गैँडाकोट

नवलपुरको बौदीकालीका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुरमा रहेको कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा बौदीकाली गाउँपालिका वडा नं. २ का २० वर्षीय पुरुषमा संक्रमण पुष्टि हो।

बौदीकाली गाउँपालिकाबाट पठाइएको २४ स्वाव मध्ये २३ जनाको नेगेटिभ आएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाइले जानकारी दिनुभयो।

बौदीकाली गाउँपालिकाका संक्रमित २० बर्षीय युवा जेठ १४ गते भारतको सुनौली नाका हुँदै नेपाल प्रवेश गरेका थिए। उनीसँगै सुनौली नाकाबाट नेपाल प्रवेश गर्दा ४९ जनाको समुह रहेको र सुनौली नाकाबाट नवलपुर ल्याउँदा उनी सँगै २६ जनाको समुह रहेको थियो।

सोही दिन जेठ १४ गते साँझ उनलाई जिल्ला प्रहरी कार्यालय, कावासोतीमा राखिएको थियो। कावासोतीबाट बौदीकाली ल्याउँदा उनीसँगै समुहमा १८ जना रहको बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीले नवलपुर टाईम्ससँगको कुराकानीमा बताउनुभयो।

संक्रमितलाई देवचुलीको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसनमा लैजाने तयारी भैरहेको सुवेदीले बताउनुभयो।

आज उनी सहित भरतपुर महानगरपालिका वडा नं. १४ वस्ने वर्ष ३६ की एक महिलामा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

यो सँगै नवलपुर जिल्लामा कोरोना संक्रमितको सख्या ४६ पुगेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology