देवचुलीका एक पुरूषमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ पुग्यो

NAWALPUR TIMES

देवचुलीका एक पुरूषमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ पुग्यो
Untitled 1

नवलपुरको देबचुलीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. बिनोद बिन्दु शर्माले दिएको जानकारी अनुसार देबचुली नगरपालिका स्थायी ठेगाना भै सोही नगरपालिकाको क्वारेन्टाइनमा रहनुभएका ४० बर्षका १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो।

उहाँलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशब चापागाईंले बताउनुभयो।

यो संगै देवचुलीमा काेराेना संक्रमितको संख्या ६ पुगेकाे छ भने एक जना संक्रमित महिला भने कोरोनामुक्त भैसकेकी छन्। नवलपुरमा यो सहित संक्रमितको संख्या ३५ पुग्यो भने गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४५ पुगेको स्वास्थ्य निर्देशनालयले बताएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology