प्राकृतिक चिकित्सालयमा कोरोना संक्रमित भर्ना

NAWALPUR TIMES

प्राकृतिक चिकित्सालयमा कोरोना संक्रमित भर्ना
IMG 0279 20200607200037

नारायण शर्मा, कावासोती

रजहरमा रहेको नेपालकै ठुलो प्राकृतिक चिकित्सालयमा भर्ना भएका कोराना संक्रमति बिरामीहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खुवाउन शुरु गरेको छ । 

आइतवार पुर्वी नवलपरासीका ६ जना कोराना संक्रमति बिरामी भर्ना भएका छन । प्रयोगशाला बिहिन चिकित्सालयले संसारमै कोरोनाको औषधि नबनेको अबस्थामा बिरामीको स्वास्थ्य अबस्था बिग्रन नदिन शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने शाकाहारी भोजन खुवाउन शुरु गरेको हो । 

चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलका अनुसार कोरोना संक्रमित बिरामीको रोगसंग लडने क्षमता बढाउने आहार दिन शुरु गरिएको छ। अस्पतालमै रहेको मह,कागतीपानी र तुलसीले रोग प्रतिरोधात्मक क्षमता बढाउने हुनाले सन्तुलित भोजनको ब्यबस्था गरिएको छ । सबै सलादमा लशुनको मात्रा बढाएर खुवाउने गरिएको छ । लशुनलाई आयुर्बेदको राजा मानिन्छ । 

चिकित्सालयका अन्य नियमित बिरामीलाई भन्दा कोरोना संक्रमति बिरामीलाई तिल, आलश,लशुन, अदुवा राखेको चटनी अनिवार्य गरिएको छ। कोरोना संक्रमित बिरामीलाई अनिवार्य ति आयुर्बेदका खाद्य बस्तु खुवाउदा बिरामीको रोग प्रतिरोधात्मक क्षमता बढने र चाडो निकोहुन सघाउने डा पौडेलको दावी छ ।

दालभात, हरीयो तरकारी, उमारेका गेडागुडीमा रोगप्रतिरोधात्मक क्षमता बढि हुने भएकाले त्यसको उपभोग बढाइएको उनको भनाई छ । चिकित्सालयले आफनै अर्गानिक तरकारी र गाइवस्तु पालेर दुधको ब्यबस्था पहिलेदेखि नै गर्दै आएको छ । त्यहा करेला, मेवा, लौका,गांजरको जुश खुवाउने चलन स्थापना कालदेखि नै छ ।  ४ सय सैयाको चिकित्सालय देशकै एकमात्र सुबिधा सम्पन्न अस्पताल हो । औषधि बिहिन उपचार पद्धती अबलम्बन गरेर उपचार गरिने भएकाले यस्लाई प्राकृतिक चिकित्सालय भनिएको हो । 

आइतवार बाट नै बिरामीलाई मानशिक रुपमा ठिक राख्न संगसंगै ध्यान,योगा, भजन किर्तन र आरतिमा सहभागि गराइएको छ । नियमति योगले रोगप्रतिरोधात्कम क्षमता बढने चिकित्सकको भनाई छ । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लामा कारोना संक्रमित बिरामीको संख्या बढे लगत्तै जिल्लामै रहेको प्राकृतिक चिकित्सा बिधिलाई अघि सारेको हो । 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology