राष्ट्रिय वाणिज्य बैंक टांगिकोट शाखाद्वारा रजहर प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान
NAWALPUR TIMES
received 3045572908830614 1
बिक्रम कोईराला/रजहर राष्ट्रिय वाणिज्य बैंक लि टांगिकोट शाखाले आईतबार ईलाका प्रहरी कार्यलय रजहर लाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ।
राष्ट्रिय वाणिज्य बैंक लि टांगिकोट शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना रोकथामका लागी ईलाका प्रहरी कार्यलय रजहरलाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंक लिटांगिकोट शाखाले माक्स,पञ्जा,स्यानिटाइजर स्वास्थ्य सामग्रीहरु प्रदान गरेको हो। राष्ट्रिय वाणिज्य बैंक लि टांगिकोट शाखा कार्यलय प्रमुख निर्मल सुवेदी,बैंकका कर्मचारी हिमाल बिक्रम दर्जीले रजहर ईलाका प्रहरी कार्यलयका असई राजकुमार घिमिरेलाई स्वास्थ्य सामाग्री संयुक्त हस्तान्तरण गर्नुभएको थियो ।
राष्ट्रिय वाणिज्य बैंक टांगिकोट शाखाद्वारा रजहर प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान 2
कोरोनाभाईरस (कोभिड–१९)को महामारीले विश्वनै आक्रान्त पारेको बेला सुरक्षा व्यवस्थापनका लागि अग्रमोर्चामा रहेको प्रहरीहरुका लागि स्वास्थ्य सामाग्री प्रदान गरिएको राष्ट्रिय वाणिज्य बैंक टांगिकोट शाखा कार्यलय प्रमुख निर्मल सुवेदीले बताउनुभयो।
यसले विपद्को अवस्थामा जीउज्यान नभनी सुरक्षाकर्ममा अहोरात्र खटिएका सुरक्षाकर्मीहरुलाई हौंसला बढ्ने सुवेदीको भनाई थियो।
Facebook Comment