रुखको हाँगाले च्यापिदा १४ वर्षीय बालकको मृत्यु

NAWALPUR TIMES

रुखको हाँगाले च्यापिदा १४ वर्षीय बालकको मृत्यु
1588062883dead body child

कावासोती । पुर्वी नवलपरासीको बौदिकाली गाउपालिकाको मिथुकरममा रुखको हाँगाले च्यापिएर १४ वर्षिय बालक धनबहादुर बिकको मृत्युु भएको छ ।

घर नजिकैको काप्रोको रुखमा घाँस काटन चढेका बालकको आफैंले काट्दै गरेको रुखको हाँगा लछारिएर च्यापिदा घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

बालकको शब पोस्टमार्टमको लागि डेढगाँउमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पठाईएको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology