गैडाकोटका स्वास्थ्यकर्मीको स्वाव परिक्षणको रिपोर्ट नेगेटिभ

NAWALPUR TIMES

गैडाकोटका स्वास्थ्यकर्मीको स्वाव परिक्षणको रिपोर्ट नेगेटिभ
corona parixyan 822x392 1

गैडाकोटका स्वास्थ्यकर्मीको आज पोखरामा गरिएको स्वाव परिक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उहाँहरु कसैमा पनि कोरोना नभएको पुष्टी भएको छ।
हिजो गैडाकोट स्वास्थ्य चौकीमा आरडिटी परीक्षण गर्दा गैडाकोट नगरपालिका वडा ४ र ५ निवासी दुई महिला स्वास्थ्यकर्मीमा पोजेटिभ दखिएपछि उहाँहरुलाई पितौजीको क्वारेनटाइनमा राखिएको थियो।

आज स्वास्थ्य कार्यालय नवलपुरबाट आएको टिमले दुई जना उहाँहरु सहित अग्रपंक्तिमा खटिएर स्वास्थ्य सेवा दिइरहेका १७ जनाको स्वाव संकलन गरेर पीसीआर परीक्षणको लागि पोखरा पठाएको थियो।

स्वास्थ्यकर्मीमै आरडिटी पोजेटिभ देखिएपछि इमरेजेन्सीमा राखेर परीक्षण गरिएको थियो । आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना परीक्षण प्रयोगशालामा स्वाव परीक्षण गर्दा नेगेटिभ देखिएको हो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology