हुप्सेकोट गाउँपालिकामा सामुदायिक विद्यालयका शिक्षकलाई स्वयंसेवकको रुपमा खटाईने

NAWALPUR TIMES

हुप्सेकोट गाउँपालिकामा सामुदायिक विद्यालयका शिक्षकलाई स्वयंसेवकको रुपमा खटाईने
received 269965440790043


नवलपुर/ जेठ १०
हुप्सेकोट गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षकहरुलाई स्वयंसेवकको रुपमा खटाउने तयारी गरेको छ । कोरोना भाईरस (कोभिड 19) को महामारी बढ्दै जादा हुप्सेकोट गाउँपालिका अन्तरगतका सिमा नाका तथा क्वारेन्टाइन होममा सामुदायिक विद्यालयका शिक्षकलाई आवश्यक स्वास्थ्य सुरक्षा सहित स्वयंसेवकको रुपमा खटाउने तयारी अघि बढाईएको गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पाण्डेले जानकारी दिईन ।

गाउँपालिका स्तरिय कोरोना रोकथाम तथा पुर्व तयारी समितिको गत जेठ ८ गते सम्पन्न बैठकले विद्यालयको पठन पाठन ठप्प रहेको अवस्थामा शिक्षकलाई स्वयंसेवकको रुपमा खटाउदा क्वारेन्टाइन तथा नाकाहरुबाट समुदायमा बढ्न सक्ने जोखिम कम हुने तथा जनचेतना वृद्धिमा सहयोग पुग्ने विश्वासका साथ यस्तो तयारी गरेको हो । शिक्षकहरुलाई पायक पर्ने नाका तथा क्वारेन्टाइन होममा खटाईने तयारी अघि बढाईएको छ ।

अहिले हुप्सेकोट गाउँपालिकाका १३ वटा क्वारेन्टाइन होममा ५६ वटा बेडको ब्यवस्था छ भने यसलाई बढाएर १५० क्वारेन्टाइन बेड पुर्याउने तयारीमा गाउँपालिका रहेको स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । अहिले हुप्सेकोटका बिभिन्न क्वारेन्टाइनमा ३८ जना बसिरहेका छन । त्यि मध्ये १० जना भारत तथा २८ जना नेपालका अन्य जिल्लाबाट आएको सापकोटाले जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology