कोरोना संक्रमित भेटिएसँगै विनयी त्रिवेणी गाउँपालिकामा थप कडाई

NAWALPUR TIMES

विनयी त्रिवेणी गाउँपालिकाले कोरोना संक्रमित बिरामी भेटिएसँगै गाउँपालिकामा थप कडाई गरेको छ।

४५ बर्षीय पुरूषमा कोरोनाको संक्रमण देखिएसँगै गाउँपालिकाका वडा नं. ६ र ७ मा अर्को निर्णय नहुन्जेल सम्मका लागि कुनै पनि पसलहरू खोल्न, सवारी साधन चलाउन, हिँड्डुल गर्न र घर बाहिर समेत ननिस्किन भन्दै शुक्रबार गाउँपालिकाले सुचना जारी गरेको थियो।

गाउँपालिकाले उच्च जोखिममा रहेका वडा नं. ६ र ७ को क्षेत्रमा सर्बसाधारणलाई आवतजावतमा समेत रोक लगाईएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसीले बताउनुभयो।

सुचनाको अवज्ञा गर्दे कुनै काम कारवाही गरेको पाईएमा कानून बमोजिम कारवाही हुने गाउँपालिकाले जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology