आइफोन १२ का महत्त्वपूर्ण हिस्सा बन्दैछ सामसुङ

NAWALPUR TIMES

आइफोन १२ का महत्त्वपूर्ण हिस्सा बन्दैछ सामसुङ
iPhone 12 Pro leaks

एप्पलको बहुप्रतिक्षित आइफोन १२ का विषयमा विगत केही हप्तादेखि विभिन्न खाले समाचारहरु सार्वजनिक भइरहेका छन् ।

यसैबीच, आगामी नयाँ आइफोनको डिस्प्लेका विषयमा नयाँ सूचना सार्वजनिक भएको छ । जसअनुसार, आइफोन १२ मा पनि एप्पलले सामसुङ कम्पनीले तयार गरेको डिस्प्ले प्रयोग गर्नेछ ।

डिस्प्ले सप्लाई चेन कन्सल्ट्यान्ट्स (डिएससीसी) ले प्रकाशित गरेको रिपोर्टअनुसार, यो वर्षको उत्तराद्र्धमा एप्पलले सार्वजनिक गर्ने नयाँ सिरिजका चार आइफोनमध्ये कम्तीमा ३ वटा आइफोनमा सामसुङको डिस्प्ले प्रयोग हुनेछ । यो वर्ष एप्पलले आइफोन १२, आइफोन १२ म्याक्स, आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्स बजारमा ल्याउने बताइएको छ ।

तीमध्ये आइफोन १२ मा ५.४ इन्चको फ्लेक्सिबल ओएलइडी डिस्प्ले हुनेछ । उक्त डिस्प्ले सामसुङको उत्पादन हो जसको रिजोलुसन २३४० गुणा १०८० पिक्सेल हुनेछ ।

त्यस्तै आइफोन १२ प्रो को स्क्रिन ६.१ इन्च रहनेछ । उक्त फ्लेक्सिबल ओएलईडी डिस्प्ले पनि सामसुङकै हुनेछ जुन १० बिट कलर क्षमताको हुनेछ । डिस्प्लेको यो क्षमता स्मार्टफोनमा अहिलेसम्मकै उच्च हुनेछ । यस डिस्प्लेको पिक्सेल क्षमता २५३२ गुणा ११७० पिक्सेल रहनेछ ।

नयाँ आइफोनमध्ये सबैभन्दा महँगो आइफोन हुनेछ आइफोन १२ प्रो म्याक्स । यो आइफोनमा पनि सामसुङकै डिस्प्ले प्रयोग हुनेछ । ६.६८ इन्चको सो स्क्रिनको रिजोलुसनचाहिँ २७७८ गुणा १२८४ पिक्सेल हुनेछ ।
एजेन्सी

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology