हुप्सेकाेट गाउँपालिकाकाे पाँचौं गाउँसभा ३ कराेड ३० लाख बजेट संसाेधन सहित सम्पन्न

NAWALPUR TIMES

हुप्सेकाेट गाउँपालिकाकाे पाँचौं गाउँसभा ३ कराेड ३० लाख बजेट संसाेधन सहित सम्पन्न
hupsekot

जेठ ०१ नवलपुर, शालिकराम कोईराला

हुप्सेकाेट गाउँपालिकाकाे पाँचाैं गाउँसभा बुधबार ३ कराेड ३० लाख ६ सय १४ रूपैयाँकाे संसाेधन बजेट सर्बसम्मत रूपमा पास गर्दै सम्पन्न भएकाे छ।

गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पाण्डेकाे अध्यक्षतामा बसेकाे सभाले दुई वटा सार्बजनिक महत्वकाे प्रस्ताव र दुईवटा विधेयक समेत सर्वसम्मत रूपमा पास गरेकाे छ । २०७६ साल पुस २८ गतेलाई ताेकिएकाे गाउँसभा पालिकामा बिषम परिस्थिति सृजना भएका कारण ४ महिना पछि सम्पन्न भएकाे हाे।

विश्वब्यापी रूपमा देखा परेकाे काेराेना माहामारीले मूलुक लकडाउन हुँदा पनि गाउँसभा आयाेजना गरिएकाे हाे । गाउँसभा गर्नै पर्ने अवस्थाका कारण स्वास्थ्य सतर्कता अपनाएरै भएपनि सभा आयोजना गरिएकाे अध्यक्ष पाण्डेले जानकारी गराईन्।

सभामा प्रमुख प्रसाशकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले समयमै सम्पन्न गर्न नसकिने भनिएका कार्यक्रम कटौती गरि साे बजेट नयाँ प्रस्तावित कार्यक्रमका लागि रकमान्तर गरेको जानकारी दिए । रकमान्तर गरिएका याेजनामा अधिकाँश खानेपानीका रहेका छन्।

पालिकाकाे गाउँ सभाबाट स्वास्थ र वातावरण तथा प्राकृतिक स्राेत सम्बन्धि विधेयक सर्बसम्मत रूपमा पास भएकाे छ । त्यस्तै गरि गाउँसभाले कावासाेतीकाे डण्डाबाट झ्यालबास र झ्यालबासबाट सदरमुकाम कावासाेती जाने सडकका दुबै तर्फका रूख र अवराेधहरू हटाउने सार्वजनिक महत्वकाे प्रस्ताव समेत पास गरेकाे छ।

संसदकै झल्को दिने गरि संचालित गाउँ सभाकाे सुन्य समयमा जनप्रतिनिधिहरु राेशन थापा, रूक्मागत भुर्तेल,पदम बहादुर क्षेत्री,छाम बहादुर साेमै,तारा बहादुर कार्की र अमर बहादुर बिकले जरूरी सार्वजनिक महत्वकाे कुरा उठाएका थिए।

गाउँ सभामा उठेका महत्वपूर्ण विषयलाई निर्णय सहित कार्यान्वयनको मार्गमा लैजाने अध्यक्ष पाण्डेले प्रतिबद्धता व्यक्त गरेकी थिईन । गाउँ सभाको उदघाटन गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पाण्डे र उपाध्यक्ष स्वतन्त्र कोपिला मल्लले संयुक्त रुपमा गरेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology