किन भाइरल भयो पुरुषको यौनांग छापिएको मास्क?

NAWALPUR TIMES

किन भाइरल भयो पुरुषको यौनांग छापिएको मास्क?
dick mask 768x576 1

एजेन्सी ।विश्वमा कारोना भाइरस महामारी फैलिरहेको छ। सामाजिक दुरीलाई कोरोना रोकथाम तथा नियन्त्रणको एक मात्र उपाय भनिरहँदा अमेरिकाको उटाकी एक महिलाले कोरोनाबाट बच्न अचम्मको मास्क लगाएकी छिन्। यस मास्कका कारण केहि दिन देखि फेसबुकमा भाइरल भएकी छिन्, मिन्डि भिन्सेन्ट। मिन्डिले लगाएको उक्त मास्कमा केहि चित्र छन् जुन पुरुषका यौनांगका हुन्।

यद्यपी ति चित्र प्रष्टसँग चिनिदैनन्। तर उनको निकट आउनेले भने स्पष्ट चिन्दछन्। जब कसैले उनलाई ति मास्कमा पुरुषको यौनांग भएको बताउँछन्, उनी तिनलाई धेरै निकट भएकाले टाढा रहन आग्रह गर्छिन्। यो कोरोना भाइरसबाट बच्ने उनको उपाय थियो।

उनको फेसबुक फोटो भाइरल भएपछि उक्त मास्क उनीसँग खरिद गर्नेको संख्या बढेको छ।
उनी भन्छिन्, ‘मास्क बेच्ने मेरो सोंच थिएन, यो मेरो छोराको उपाय हो। तर यो सबै हाम्रो गैर नाफामुलक संस्थाका लागि हो।’

मिन्डिका अनुसार मास्कबाट आएको नाफा सबै उनको संस्थामा जानेछ जसले लागु र्दुव्यवसनी, एचआईभि र हेपाइटाइटिस विरुद्ध लड्न मद्धत गर्दछ। मिन्डि पेसाले थेरापिस्ट हुन्। उनले यो मास्कको अभियानलाई ‘ह्यासट्याग प्रोजेक्ट पेनिस मास्क’ नाम दिएकी छिन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology