फोर्ब्स अर्बपतिको १५१३ औँ स्थानमा विनोद चौधरी

NAWALPUR TIMES

फोर्ब्स अर्बपतिको १५१३ औँ स्थानमा विनोद चौधरी
Binod Chaudhary

अमेरिकी बिजनेस म्याग्जिन फोर्ब्सले प्रकाशन गरेको विश्वकै अर्बपति (अमेरिकी डलरअनुसार) हरूको सूचीमा नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरी १५१३औँ स्थानमामा परेका छन्। म्यागेजिनले प्रकाशित गर्ने डलर अर्बपतिको सूचीमा १५ सय १३ औँ स्थानमा रहेका चौधरीको सम्पत्ति १.४ अर्ब डलर छ। कूल २०९५ मा उनी १५१३औं स्थानमा परेका हुन्।

फोर्ब्सको विवरणअनुसार गत वर्ष सन् २०१९ मा उनको सम्पत्ती १.७ अर्ब अमेरिकी डलर थियो। गत वर्ष उनी फोर्ब्सको शीर्ष धनीको सूचीमा १३४९औं स्थानमा थिए। सन् २०१३ बाट यो सूचीमा पर्न सफल चौधरी नेपालका एकमात्र डलर अर्बपति हुन्।  ६४ वर्षीय चौधरी नेपालका सांसदसमेत हुन्। उनको आय बहुपक्षीय व्यवसायबाट हुने गरेको छ।

चौधरीको नबिल बैंकमा महत्वपूर्ण शेयर हिस्सा छ। यसैगरी उनी अध्यक्ष रहेको चौधरी ग्रुपअन्तर्गत सिजी फुड्स, हस्पटालिटी उद्योग तथा सूचना प्रविधिको क्षेत्रमा लगानी छ। 

नेपालका अतिरिक्त भारत, सर्बिया, बंगलादेश तथा इजिप्टमा विस्ता भएको वाइवाइ चाउचाउ उनकै पूर्ण स्वामित्वको ब्राण्ड हो। 

सिजी होटलअन्तर्गत ३० वटा आफ्नै स्वामित्वको र ५५ वटा व्यवस्थानमा सञ्चालित होटल पनि उनीसँग छ। भारतको ताज होटलको चेन उनैले सञ्चालन गरेका छन्।  उनका ३ छोराहरु निर्वाण, राहुल र बरुणले बाबुको व्यवसाय व्यवस्थापनमा सहयोग गरिरहेका छन् निर्वाण चौधरी ग्रुपका प्रबन्ध निर्देशक पनि हुन्। स्रोत- नेपाललाईभ

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology