नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना

NAWALPUR TIMES

नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना
Nepal airlines

काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ।

कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रन-वे नजिकै ‘अन्डरसुट’ भएर घाँसे मैदानमा पुगेको नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए।

‘ल्यान्ड गर्दा धावनमार्ग भन्दा अलिकति अगाडि गयो, तर, जहाज रोकिइसकेका कारण कुनै दुर्घटना भएन’ उनले भने। घटनामा मानवीय क्षति भएको छैन, विमानमा सामान्य क्षति भएको छ। अब नेपालगञ्जमा कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन अर्को विमान जानेछ ।

‘हामी १ बजेतिर काठमाडौंबाट ट्वीनअर्टर जहाज पठाउदैछौं, त्यो जहाजले दुई डाक्टर, क्याबिन क्रु लिएर आउँछ, नमुना पनि ल्याउँछ, के भएर दुर्घटना भयो भन्ने बरे छानबिन गर्छौ’ ज्वार्चनले भने। नेपाल नागरिक उड्डयन प्राधिकरणकचा महानिर्देशक राजन पोखरेलले उक्त विमान प्राविधिक टोलीले मर्मत गरेपछि मात्र उड्ने बताए।

– यो समाचार अनलाईनखबर डटकमबाट साभार गरिएको हो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology