लकडाउनको अवज्ञा- मध्यविन्दुमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा १ को मृत्यु

NAWALPUR TIMES

लकडाउनको अवज्ञा- मध्यविन्दुमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा १ को मृत्यु
accident 3

नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका ७ चोरमाराको भित्रि सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुइ जना घाइते भएका छन्।

मध्यविन्दु ७ चोरमारा देखि उत्तर अम्रसा तर्फ जाँदै गरेको ना ४३ प २९८ नम्वरको मोटरसाइकल बिहिवार राति ८:३० वजेको समयमा आफै अनियन्त्रीत भइ दुर्घटना थियो।

दुर्घटना हुँदा मध्यविन्दु ७ चोरमाराका २८ वर्षिय भोज वहादुर महतो को मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि गम्भिर घाइते भएका महतोलाई उपचारकालागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलुरले जनाएको छ।

दुर्घटनामा परी मोटरसाइकल पछाडि बस्ने सोहि स्थानका ३० बर्षिय बुद्धिराम महतो र मोटरसाइकल चालक ४२ वर्षिय यम वहादुर पौडेलको उपचार भइरहको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा तीन जना सवार भएकाले अनियन्त्रीत भइ दुर्घटना भएको प्रहरीले अनुमान गरिएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology