सडकमा हिँड्नु आफ्नो अधिकार भन्दै युवती रन्केपछि महिला प्रहरीको झापड
NAWALPUR TIMES
sadakmaa yuwati Lockdown Jhapa 2 768x432 1
बिहीबार दिउँसो करिब १ बजेको समय थियो। झापाको विर्तामोडमा रहेको सुन्दर सामुदायिक प्रहरीका कार्यकर्ता तथा स्वयंसेवक लक डाउन कार्यान्वय गर्न/गराउन सडकमा खटिएका थिए।
उनीहरु आफ्नो ज्यान जोखिममा राखेर समुदायमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सडकमा हिँडिरहेका मान्छेलाई सम्झाउँदै आइन्दा सडकमा नआउन सम्झाइरहेका थिए।
विर्तामोडको मुक्ति चोकबाट पश्चिमतिर हिँड्दै गरेकी एक युवतीलाई उनीहरुले देखे। मानौं- ती युवतीलाई कुनै चिन्ता थिएन नेपाललगायत विश्वमा के भइरहेको छ भन्ने।
सडकमा हिँड्नु आफ्नो अधिकार भन्दै युवती रन्केपछि महिला प्रहरीको झापड 2
एकजना महिला प्रहरीले सोधिन् उनलाई कहाँ र कुन कामले हिँडेको भनेर। जवाफमा हिँड्नु उनको अधिकारको कुरा भनेर ती युवती रन्किएपछि ती महिला प्रहरी आक्रोशित भएर झापड हानिन्।
ती युवती भन्दै थिइन्, ‘म अस्पतालको कर्मचारी हुँ।’ अस्पतालको कर्मचारी भए परिचय पत्र देखाउनुहोस् भन्दा फेरि ‘मसंग जहिले हुन्छ कार्ड?’ भनेर मुख लागेपछि फेरि महिला प्रहरीले झापड हानिन्।
संगै रहेको अर्की स्वयंसेवकले उनले रक्सी पिएको बताइन्। कारण टाढैबाट ती युवतीको मुखबाट गन्ध आइरहेको थियो।
फेरि सम्झाइ बुझाइ पठाउनुको विकल्प थिएन। उनलाई उल्टै एउटा मास्क उपलब्ध गराएर गन्तव्यमा प्रहरीले पठाए।
Facebook Comment