कोरोनाविरुद्धको लडाइँमा सरकारसँगै छौं : कांग्रेस

NAWALPUR TIMES

कोरोनाविरुद्धको लडाइँमा सरकारसँगै छौं : कांग्रेस
1562935907Nepali Congress flag

काठमाडाैं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोविड–१९) विरुद्धको लडाईंमा सरकारसँगै रहेको जनाएको छ। कांग्रेसले कोभिड–१९ विरुद्धको सरकारले अघि सारेका रणनीतिहरूको पालना गर्ने प्रतिबद्धता जनाउँदै यो अवस्थामा एकजुट भएर बढ्नुको विकल्प नभएको बताएको छ। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनाविरुद्धको लडाईंका लागि सरकार र प्रतिपक्ष नभनेर सबै एकजुट हुनुपर्ने बताए। शर्माले पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरणका कामहरु समेत पार्टीले तत्कालका लागि स्थगित गरेको बताएका छन्। चैत ९ गतेबाट चैत मसान्तसम्मका लागि सदस्यता वितरण र नवीकरणका कामहरु रोकिएको उनले बताए। 

फागुन दोस्रो हप्ताबाट पार्टीका सांगठनिक कार्यक्रममा रोक लगाइएको उल्लेख गर्दै शर्माले कोरोनाको सचेतना अभियानमा सक्रियताका लागि पार्टी कार्यालय भने खुला रहने बताए। सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै चैत ९ गतेबाट २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने, १० गतेबाट लामो दूरीका यातायातका साधन बन्द गर्ने निर्णय गरिसकेको छ। यसैगरी १८ गतेसम्म सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई सेवासमेत बन्द गर्ने निर्णय गरेको छ। 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology