पश्चिम नवलपरासीमा दुर्घटनाः एक जनाकाे मृत्यु

NAWALPUR TIMES

पश्चिम नवलपरासीमा दुर्घटनाः एक जनाकाे मृत्यु
accident logo 7sWbIbmUWw 2Jj2q6qnql

प्रेम चन्द राैनियार –
२९ फाल्गुन, नवलपरासी ।
पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिका ७ सुर्जपुरामा गएराति दुईटा माेटरसाईकल एक अापसमा ठक्कर खादाँ एक जनाकाे मृत्युु भएकाे छ । दुर्घटनामा दुई जना घाईते भएकाे प्रहरीले जनाएकाे छ । मृत्यु हुनेमा बर्दघाट नगरपालिका १४ कुकुरमारा वस्ने वर्ष ३५ काे राजन सुनार रहेका छन । दुर्घटनामा परी सुस्ता गाउँपालिका ३ वस्ने वर्ष ८० का रामराजा पाल र भारत कुसिनगर वस्ने वर्ष ३२ का माेटरसाइकल चालक अमित पाल घाईते भएका छन् । जिल्ला प्रहरी कर्यालय नवलपरासीले दिएकाे जानकारी अनुसार गएराति सुर्जपुराबाट प्रतापपुरतर्फ अाँउदै गरेकाे लु ३२ प ३९०६ नम्बरकाे माेटरसाईकललाई विपरित दिशातर्फ जाँदै गरेकाे भारतीय नम्बर प्लेटकाे UP 53 AB 5118 नम्बर काे माेटरसाईकल एक आपसमा ठाेकिदा साे दुर्घटना भएकाे हाे ।दुर्घटनामा परि घाइते भएकाहरुलाई उपचारका लागि अञ्चल अस्पताल वुटवलमा लगिएकाेमत उपचारकाे क्रममा वर्दघाट नगरपालिका १४ वस्ने वर्ष ३५ का राजन सुनारकाे मृत्यु भएकाे हाे अन्य दुई जनाकाे उपचार भइ राखेकाे प्रहरीले जनाएकाे छ ।
दुवै माेटरसाइकललाई प्रहरीले आफ्नाे नियन्त्रणमा लिएकाे छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology