लायन्स क्लब अफ नारायणगढ मिड टाउनको अध्यक्षमा दिपक पराजुली

NAWALPUR TIMES

लायन्स क्लब अफ नारायणगढ मिड टाउनको अध्यक्षमा दिपक पराजुली
received 138522200866374

चितवन/फाल्गुन २९
लायन्स क्लब अफ नारायणगढ मिड टाउनको ११ औं अधिवेशन सम्पन्न भएको छ । नारायणगढमा भएको ११ औं अधिवेशनबाट अध्यक्षमा दिपक पराजुली चयन हुनुभएको छ भने प्रथम उपाध्यक्षमा हरी प्रसाद ढकाल, द्दितिय उपाध्यक्षमा गोबिन्द प्रसाद पौडेल,तृतीय उपाध्यक्षमा कपिलदेव आचार्य, सचिवमा नन्दलाल पौडेल, कोषाध्यक्षमा रुद्र प्रसाद सापकोटा चयन हुनुभएको छ । यसैगरी संस्थाको डाइरेक्टरमा ईश्वरी न्युरे, नगेन्द्र पौडेल , प्रकाश अधिकारी र कृष्णहरी पौडेललाई चयन गरिएको छ । यस्तै एलसिआइएफ कोर्डिनेटरमा ईश्वरी प्रसाद पन्डित,प्रसाशकिय अधिकृत लिलाधर पौडेल चयन हुनुभएको क्लबका निवर्तमान सचिव गोबिन्द प्रसाद पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि क्लबमा संस्थापक अध्यक्ष तथा लायन्स क्लब अफ ३२५ बि २ का कार्यक्रम प्रमुख शिव प्रसाद पन्डित रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्डितले लायन्स क्लबले समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि सकारात्मक समाज निर्माणमा लागि पर्न शुभकामना दिनुभयो । कार्यक्रम विशिष्ट अतिथी रिजन चिफ पर्सन तथा क्लबका पुर्ब अध्यक्ष प्रकाश पौडेल, जोन चिफ पर्सन रमेश घिमिरे लगायतले मन्तव्य राख्दै क्लबले गरेका कार्यक्रमहरुको प्रसंशा गर्नुभएको थियो ।

कार्यक्रममा अतिथि निवर्तमान अध्यक्ष राजन अधिकारी , पुर्व अध्यक्ष राजेश कोइराला,बिष्णु घिमिरे,ईश्वर कुमार भन्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।लायन्स क्लब अफ नारायणगढ मिड टाउनका अध्यक्ष नमराज फुयालले अध्यक्षता गर्नुभएको कार्यक्रम क्लबका सचिव गोबिन्द प्रसाद पौडेलले सहजीकरण गर्नुभएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology