देवचुलीमा चालू आ.वको ७ महिनामा ४० प्रतिशतमात्रै योजना सम्पन्न

NAWALPUR TIMES

देवचुलीमा चालू आ.वको ७ महिनामा  ४० प्रतिशतमात्रै योजना सम्पन्न
20200301 183518

देवचुली/ १८ फागुन

चालू आर्थिक वर्ष ०७६/७७ को माघ महिना सम्ममा देवचुली नगरपालिकामा ४० % मात्रै विकास योजनाहरु सम्पन्न भएको र ६०% योजनाहरु कार्यान्वयनको चरणमा रहेका छ्न । देवचुली नगरपालिकामा आज आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता क्या. डिलबहादुर खत्रीले यो कुराको जानकारी दिएका हुन । नगरपालिकाको चालू आर्थिक वर्षको माघ महिना सम्मको प्रगति विवरण सार्वजनिक गर्दै प्रवक्ता खत्रीले गत आ.वको माघ महिना सम्म २७ % वितिय खर्च भएकोमा यस आवमा ४०% खर्च भएको बताए । चालू आवको माघ महिना सम्म ६ वटा वडा कार्यालय निर्माण भई सेवा दिन सुरु गरिसकेको, करिब ११ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का प्रक्रियामा रहेको, ५.५ किलोमिटर नाला तथा साईडा वाल निर्माण सम्पन्न गरिएको,करिब ७ किलोमिटर सडकको ग्रयाबेल गरि स्तर उन्नति गरिएको , १५ वटा कलभट निर्माण, १० वटा सार्वजानिक भवन निर्माण, १ वटा झोलुङ्ग पुल र २ वटा खानेपानी ट्याङ्की निर्माण साथै करिब ३.५ किलोमिटर खानेपानी पाइपलाइन विस्तार गरिएको जानकारी दिए ।


पत्रकार सम्मेलनमा चालू आ.वको सात महिनामा नगर प्रोफाइल तयार, विद्यालयहरुमा नैतिक शिक्षा अनिवार्य, लोकाहा खोला किनारमा औद्योगिक ग्राम प्रस्ताव गरि पूर्वाधार लगानीको अन्तिम चरणमा पुगेको, दलदले धौबादी सडक खण्ड अन्तर्गत मुण्डे कुमसोत ६ किलोमिटर खण्ड २ लेनको बनाउन डि.पि.आर तयार गरी सम्बन्धित संघीय र प्रदेश मन्त्रालयमा पेश गरिएको जनाईएको छ ।


यसै गरि पत्रकार सम्मेलनमा नगरपालिकाको चालू आ.वको ७ महिनाको अवधिमा १ हजार ७ सय ६८ व्यक्ति गत घटना दर्ता, ५ सय ६१ व्यवसाय दर्ता र ५ सय ३७ अपाङ्गता परिचय पत्र वितरण गरिएको छ ।
नगरपालिकाको न्यायिक समितिमा यस अबधिमा ३१ वटा मुद्धा दर्ता भएको जस मध्य ९ वटा मिलापत्र भएको, ४ वटा फैसला भएको र १८ वटा मुद्धा फैसला हुन बाँकी रहेका जानकारी गराईएको हो ।


यसै गरि पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७६/०७७ मा देवचुली नगरपालिकाले स्थानीय राजपत्रको ढाँचा, प्रशासकीय कार्यविधि नियमन गर्ने, आर्थिक कार्यविधि नियमन तथा व्यवस्थित गर्न बनेको ऐन २०७५, प्रमाणिकरण ऐन २०७६, फोहोर मैला व्यवस्थापन ऐन २०७६, निजी सार्वजानिक साझेदारी ऐन २०७६, नगर शिक्षा ऐन २०७६, नगर विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७६ र सहकारी ऐन २०७५ गरि ९ वटा ऐन, कार्यविधि जारी गरेको जानकारी गराएईको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology