नवलपरासीको देवचुलीमा ट्याक्टर र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

NAWALPUR TIMES

पूर्वी नवलपरासीको देवचुली नगरपालिका १३ कैलाश चोकमा नजिक गएराति ट्याक्टर र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार देवचुली १३ कैलाश चोकमा नजिक भित्री सडकमा दलदले चोकबाट उत्तरतर्फ जाँदै गरेको लु ३ त ४८३३ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको ना ५५ प ३१६४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक गैडाकोट १५ निवासी २१ बर्षीय दिनेश गुरुङको निधन भएको छ।

दुर्घटनामा परी गम्भीर घाइते चालक दिनेश गुरुङ र मोटरसाइकलमा सवार गैडाकोट १५ बस्ने १९ बर्षीय प्रितम गुरुङ गम्भीर घाइते भएकोमा चालक गुरुङको उपचारको क्रममा विहीबार राति पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो।

मोटरसाइकल र ट्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology