सञ्चार मन्त्रालयको जिम्मेवारी डा. खतिवडालाई

NAWALPUR TIMES

अर्थमन्त्री डा. युवराज खतिवडाले आईतवार सञ्चार तथा सूचना प्रविधि मन्त्रीको पदभार सम्हाल्नु भएको छ।

यस अघि गोकुल बाँस्कोटाको विवादास्पद अडियो टेप सार्वजनिक भएपछि उहाँले सञ्चार मन्त्रीको पदबाट राजिनामा दिनुभएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयको कार्यभार अर्थमन्त्री डाक्टर खतिवडाले सम्हाल्ने गरी तोक्नुभएको थियो। मन्त्री डाक्टर खतिवडालाई मन्त्रालयका सचिव दीपक सुवेदी लगायतका कर्मचारी र मन्त्रालय अन्तर्गतका विभिन्न निकायका प्रमुखहरुले स्वागत गर्नुभएको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology