परोपकार साकोसको अर्धवार्षिक योजना समिक्षा कार्यक्रम सम्पन्न

NAWALPUR TIMES

परोपकार साकोसको अर्धवार्षिक योजना समिक्षा कार्यक्रम सम्पन्न
received 186387799371852

होमनाथ पौडेल/ ०३ फागुन

देवचुली ।परोपकार बचत तथा ॠण सहकारी संस्था लिमिटेड देवचुली-१३ को अर्धवार्षिक योजना समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष खेमराज सापकोटाको अध्यक्षता तथा संस्थाका संचालक समितिका पदाधिकारी, सेवाकेन्द्र तथा विभिन्न उपसमितिका पदाधिकारी सँगै संस्थाका व्यवस्थापक तथा कर्मचारीको उपस्थितिमा आज शनिबारका दिन साहारा पार्टी प्यालेसको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
आफ्नो स्थापना कालको छोटो अवधिमै आर्थिक, सामाजिक, शैक्षिक तथा व्यवसायिक रुपान्तरणमा अग्रणी उदाहरण प्रस्तुत गर्दै सामुदायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल परोपकार साकोस गत ३ बर्षदेखि नियमितरुपमा प्रोबेशनमा सहभागी भई तेस्रो पटकसम्म नेफ्स्कूनको वार्षिक साधारण सभामा प्रोबेशन ब्राण्ड प्राप्त गर्न सफल सँगै एसियाली स्तरको सहकारीको रुपमा एक्सेस ब्राण्ड प्राप्त गरेको साकोसको रुपमा परिचित छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology