भीमसेन स्वर्ण महोत्सव : शिक्षक बिदाई तथा पुरस्कार वितरण समारोह सम्पन्न
NAWALPUR TIMES
received 538696983521514
होमनाथ पौडेल/०७ माघ ,देवचुली
भीमसेन आदर्श माध्यमिक विद्यलय देवचुली-७, रामबासको स्वर्ण महोत्सवको अवसरमा आज मंगलबार भुतपुर्व शिक्षक विदाई तथा पुरस्कार वितरण कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ। देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा स्वर्ण महोत्सव समारोह समिति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथीकारुपमा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल र विशेष अतिथीका रुपमा देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्मा रहनुभएको थियो। कार्यक्रममा स्थानीय समाजसेवी, वुद्धिजिवी तथा अभिभावकहरुको उल्लेखनीय उपस्थिती रहेको थियो।
भीमसेन स्वर्ण महोत्सव : शिक्षक बिदाई तथा पुरस्कार वितरण समारोह सम्पन्न 2
कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले भीमसेन आदर्श माविले स्थापनाको ५० वर्ष मनाउँदै गर्दा निकै गर्व लागेको वताउनुभएको थियो। “यस क्षेत्रकै एक नमुना विद्यालयको रुपमा परिचित भीमसेन आदर्श माविले स्वर्ण महोत्सव मनाउन सफल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु। भीमसेनको शैक्षिक गुणस्तर उदाहरणीय रहेको छ। आगामी दिनमा विद्यालयलाई आवश्यक पर्ने जुनसुकै किसिमका सहयोग गर्न म प्रतिवद्द छु”, उहाँले भन्नुभयो। कार्यक्रममा १९ जना भुपु शिक्षकहरुलाई विदाइ गरिनुका साथै स्वर्ण महोत्सव समारोहका नगरस्तरीय तथा आन्तरिक खेलकुद कार्यक्रममा सहभागी भइ विजय प्राप्त गरेका विद्यार्थी एवं विद्यालय, अन्य विविध कार्यक्रममा सहभागी भइ उत्कृष्ट स्थान हाँसिल गरेका विद्यार्थी, शिक्षक , अभिभावक गरि ७९० जनालाई पुरस्कार वितरण गरिएको थियो। भीमसेन आदर्श माविको स्वर्ण महोत्सव माघ १० गते पुर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ।
Facebook Comment