भीमसेनको स्वर्ण महोत्सव: फुड फेस्टिभल र सांस्कृतिक कार्यक्रम सम्पन्न

NAWALPUR TIMES

भीमसेनको स्वर्ण महोत्सव: फुड फेस्टिभल र सांस्कृतिक कार्यक्रम सम्पन्न
20200109 171401 1

होमनाथ पौडेल, ०६ माघ ,देवचुली

भीमसेन आदर्श माध्यमिक विद्यलय देवचुली-७, रामबासको स्वर्ण महोत्सवको अवसरमा आज सोमबार साँस्कृतिक कार्यक्रम तथा फूड फेस्टिबल सम्पन्न भएको छ।
जिल्ला शिक्षा विकास तथा इकाइ समन्वय समिति, नवलपरासी (वर्दघाट सुस्ता पुर्व)का प्रमुख कृष्णचन्द्र पोख्रेलको प्रमुख आतिथ्यता एवं स्वर्ण महोत्सव समारोह समिति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसालको अध्यक्षतामा सम्पन्न साँस्कृतिक कार्यक्रममा स्थानीय समाजसेवी तथा अभिभावकहरुको उल्लेखनीय उपस्थिती रहेको थियो।

भीमसेनको स्वर्ण महोत्सव: फुड फेस्टिभल र सांस्कृतिक कार्यक्रम सम्पन्न 3


कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रमुख अतिथी पोख्रेलले भीमसेन आदर्श मावि एक नमुना विद्यालयको रुपमा अघि बढ्न सफल भएकोमा आफू गौरवान्वित भएको वताउदै विद्यालयको थप प्रगतिको कामना एवं स्वर्ण महोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। “विद्यालयको गुणस्तर वृद्धिमा विद्यार्थी, शिक्षक र अभिभावक गरि तीन पक्षको महत्त्वपूर्ण भुमिका रहन्छ। भीमसेनका यी तीनै पक्ष निकै उदाहरणीय छन्। यस विद्यालय देशकै नमुना विद्यालयका रुपमा परिचित हुनेछ भन्ने आशा गर्दै विद्यालयलाई आवश्यक पर्ने जुनसुकै किसिमका सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्दछु”, उहाँले भन्नुभयो।

भीमसेनको स्वर्ण महोत्सव: फुड फेस्टिभल र सांस्कृतिक कार्यक्रम सम्पन्न 4


त्यस्तै आज नै दुई दिने फुड फेस्टिबलको समापन कार्यक्रम सम्पन्न भएको छ। फुड फेस्टिबलमा विद्यार्थीहरुले रोटि तरकारी, चना अन्डा, बदामभट्ट, सुन्तला, पकौडा लगाएतका खानाका स्वस्थ परिकार तयार एवं विक्री गरेका थिए। भीमसेन आदर्श माविले विगतका वर्षदेखि नै जंक फुडलाई निषेध गर्न प्रयास गर्दै आइरहेको छ।
भीमसेन आदर्श माविको स्वर्ण महोत्सव माघ १० गते पुर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology