भीमसेन आदर्श मा.वि को स्वर्ण महोत्सव : नगरस्तरीय छात्रा भलिबलको उपाधी कालिका मा.बिलाई

NAWALPUR TIMES

भीमसेन आदर्श मा.वि को स्वर्ण महोत्सव : नगरस्तरीय छात्रा भलिबलको उपाधी कालिका मा.बिलाई
20200109 171401 1

होमनाथ पौडेल/देवचुली

भीमसेन आदर्श माध्यमिक विद्यालय देवचुली -७ रामवासले स्वर्ण महोत्सवको अवसरमा आज आइतबार नगरस्तरीय अन्तरविद्यालय भलिबल, भुपु विद्यालय व्यवस्थापन समिती पुनर्मिलन, भुपु शिक्षक अभिभावक संघ पुनर्मिलन, भुपु सैनिक एवं अन्य समिति पुनर्मिलन तथा आन्तरिक खेलकुद लगाएतका कार्यक्रम सम्पन्न गरेको छ।

भीमसेन आदर्श मा.वि को स्वर्ण महोत्सव : नगरस्तरीय छात्रा भलिबलको उपाधी कालिका मा.बिलाई 3

नगरस्तरीय अन्तरविद्यालय छात्रा भलिबल खेलअन्तर्गत सेमिफाइनलमा पृथ्वी मावि देवचुली-१० र भीमसेन माविबिच भएको खेलमा भिमसेन मावि विजयी हुँदै फाइनलमा प्रवेश गर्न सफल भएको थियो।कालिका मावि देवचुली-९ सँग भएको फाइनल खेलमा कालिका मावि देवचुली-९ विशालटार विजयी भइ प्रथम उपाधी जित्न सफल भएको छ।

भीमसेन आदर्श मा.वि को स्वर्ण महोत्सव : नगरस्तरीय छात्रा भलिबलको उपाधी कालिका मा.बिलाई 4

त्यस्तै नगरस्तरीय छात्र भलिबल खेलमा शारदा राष्ट्रिय आधारभुत विद्यालय देवचुली-६ र भीमसेन मावि बिच भएको सेमिफाइनल खेलमा भीमसेन मा.बि विजयी भइ फाइनलमा प्रवेश गरेको छ। त्यस्तै आन्तरिक खेलकुर्फ रिले दौड, क्रिकेट, लङ्ग जम्प, चेस आदि खेल सम्पन्न भएका छन्। भीमसेन आदर्श माविको स्वर्ण महोत्सव माघ १० गते पुर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology