भीमसेन आदर्श माबिको स्वर्ण महोत्सवको दोस्रो दिन आज विविध कार्यक्रम सम्पन्न
NAWALPUR TIMES
20200109 171401 1
होमनाथ पौडेल/देवचुली भीमसेन आदर्श माध्यमिक विद्यालय देवचुली -७ रामवासले स्वर्ण महोत्सवको अवसरमा आज शुक्रबार आम अभिभावक भेला, भुपु विद्यार्थी मिलन, नगरस्तरीय अन्तरविद्यालय भलिबल तथा आन्तरिक खेलकुद लगाएतका कार्यक्रम सम्पन्न गरेको छ।
भीमसेन आदर्श माबिको स्वर्ण महोत्सवको दोस्रो दिन आज विविध कार्यक्रम सम्पन्न 6
स्वर्ण महोत्सव समारोहका अध्यक्ष सत्यनारायण भुसालको अध्यक्षतामा भएको आम अभिभावक भेलामा विद्यालयका प्रधानाध्यापक नरदेव न्यौपानेले कार्यक्रम बारे जानकारी गराउँदै कार्यक्रम सभ्य र भव्यरुपमा सफल पार्न अभिभावकहरुको महत्त्वपूर्ण भुमिका रहने वताउनुभएको थियो। “स्वर्ण महोत्सवका हरेक कार्यक्रममा उपस्थित हुनुहुनेछ र यथाशक्य सहयोग गर्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु”, उहाँले भन्नुभयो। यही अवसरमा विद्यालयलाई पुर्णतया प्रविधिमैत्री बनाउने गरि कार्य अघि बढ्ने वताउदै न्यौपानेले थप्नुभयो, “अहिले हामी शिक्षामा प्रविधीलाई जोड दिइरहेका छौँ , सबै कक्षामा प्रोजेक्टर छन् , अब यसको प्रयोगलाई बढाउँछौ।” स्वर्ण महोत्सवका अवसरमा भीमसेन स्वर्ण स्मारिका प्रकाशन, स्वर्णबाटिका शिलान्यास, विद्यालयमा जङ्गफूड निषेध, स्वर्ण स्तम्भ निमार्ण लगाएत अभिभावक, शिक्षक तथा विद्यार्थिहरुको विविद्य कार्यक्रमलगाएतका बारेमा उहाँले जानकारी दिनुभएको थियो।
भीमसेन आदर्श माबिको स्वर्ण महोत्सवको दोस्रो दिन आज विविध कार्यक्रम सम्पन्न 7
आजको कार्यक्रमको समापन गर्दै स्वर्ण महोत्सव समारोहका अध्यक्ष तथा विव्यस अध्यक्षसमेत रहनुभएका सत्यनारायण भुसालले विद्यालयका हरेक कार्यक्रममा अभिभावकले गर्नुभएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो। यसै बिच आज सम्पन्न भुपु विद्यार्थी मिलन कार्यक्रममा भुपु विद्यार्थीहरुले विद्यालयलाई रचनात्मक सहयोग गर्ने कुरामा जोड दिँदै कार्यक्रम सभ्य र भव्यरुपमा सफल पारिने बताएका थिए।
भीमसेन आदर्श माबिको स्वर्ण महोत्सवको दोस्रो दिन आज विविध कार्यक्रम सम्पन्न 8
आज नै नगरस्तरीय अन्तरविद्यालाय छात्रा भलिबल खेल अन्तरगत पहिलो चरणका खेल सम्पन्न भएका छन् । कालिका माध्यमिक विद्यालय देवचुली ९ र नेपाल राष्ट्रिय शारदा आधारभुत विद्यालय देवचुली ६ बिच भएको खेलमा कालिका माध्यमिक विद्यालय देवचुली ९ विजयी भएको छ भने भीमसेन आदर्श मा वि र जनज्योति नमुना मावि देवचुली-१४ बिचको खेलमा भीमसेन आदर्श मावि विजयी भएको छ। त्यसैगरी पृथ्वी माध्यमिक विद्यालय देवचुली-१० र भीमसेनको दोस्रो टिमबिचको खेलमा पृथ्वी माध्यमिक विद्यालय देवचुली १० विजयी भएको छ।
भीमसेन आदर्श माबिको स्वर्ण महोत्सवको दोस्रो दिन आज विविध कार्यक्रम सम्पन्न 9
नगरस्तरीय अन्तरविद्यालय छात्र भलिबल अन्तर्गत भीमसेन आदर्श माध्यमिक विद्यालय र कालिका माध्यमिक विद्यालय देवचुली-९ बिचको खेलमा भीमसेन आदर्श माध्यमिक विद्यालय विजयी भएको छ। बाँकी खेलले भोलि निरन्तरता पाउनेछन्। त्यस्तै आन्तरिक खेलकुद तर्फ ठेलो फाल्ने, भाला फाल्ने , दौड लगाएतका खेल संचालन भएका थिए।
भीमसेन आदर्श माबिको स्वर्ण महोत्सवको दोस्रो दिन आज विविध कार्यक्रम सम्पन्न 10
भीमसेन आदर्श माविको स्वर्ण महोत्सव माघ १० गते पुर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ।
Facebook Comment