देशकै नमूना विद्यालय भीमसेनको स्वर्ण महोत्सव : पुर्वप्रधानमन्त्री प्रचण्डले समुदघाटन गर्ने
NAWALPUR TIMES
20200109 172347 scaled
होमनाथ पौडेल/देवचुली देवचुली-७ रामबासमा रहेको भिमसेन आदर्श माध्यमिक विद्यालयले स्थापनाको ५० वर्षको अवसरमा स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सो कुरा जनाईएको हो । माघ १० गते पुर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले स्वर्ण महोत्सवको उदघाटन, स्वर्ण स्तम्भ अनावरण स्वर्ण वाटिकाको शिलान्यास गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलन जानकारी गराईएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसालको अध्यक्षतामा पत्रकार सम्मेलन सम्पन्न भएको थियो । नेपालकै उत्कृष्ट विद्यालयको रुपमा रहेको यस विद्यालयले पटक पटक राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा दिदै आएको छ । भीमसेन आदर्श मा.बि यसै वर्ष नमूना विद्यालयमा छ्नोट भएको थियो ।
देशकै नमूना विद्यालय भीमसेनको स्वर्ण महोत्सव : पुर्वप्रधानमन्त्री प्रचण्डले समुदघाटन गर्ने 2
स्वर्ण महोत्सवको अवसरमा पौष २४ गते अन्तर विधालय छात्र छात्रा भलिवल प्रतियोगिता , आन्तरिक खेलकुद, २५ गते आम अभिभावक भेला, भू पू विधार्थी मिलन , आन्तरिक खेलकुद २७ गते भूपू वि. व्य. स. पुनर्मिलन , भूपू शि. अ. संघ पुनर्मिलन ,अन्य समिति पुनर्मिलन ,आन्तरिक खेलकुद २८ गते नगरपालिका स्तरिय शिक्षक भलिवल, अभिभावक परामर्श, अभिभावक खेलकुद आन्तरिक खेलकुद २९ गते अन्तर आमा समूह गाउँ खाने कथा प्रतियोगिता, अभिभावक परामर्श, शिक्षक अभिभावक फुटबल, आन्तरिक खेलकुद ,माघ २ गते अन्तर विधालय छात्र छात्रा भलिबल फाइनल आन्तरिक खेलकुद , ३ गते नगरपालिका स्तरिय आधारभूत अन्तर विधालय नृत्य प्रतियोगिता ,फुड फेस्टिभल उद्घाटन, ४ गते जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगिता (कक्षा १० ), फुड फेस्टिभल, आन्तरिक खेलकुद ५ गते रक्तदान कार्यक्रम जिल्ला स्तरिय नौमती बाजा प्रतियोगिता , ६ गते पुर्व विधार्थी सम्मान (स्वर्ण पदक वितरण) ,भूपू शिक्षक बिदाई ,७ गते भूपु वि. व्य. स, शि. अ. संघ,भूपु सैनिक,भूपू शिक्षक सम्मान, चन्दादाता सम्मान , ८ गते विधायलको आन्तरिक बाह्य पुरस्कार वितरण ९ गते कार्यक्रम व्यस्थापन, १० गते स्वर्ण महोत्सव समारोहको उदघाटन , स्वर्णस्तम्भ अनावरण , स्वर्ण वाटिका शिलान्यास , भीमसेन स्वर्ण स्मारिका – २०७६ विमोचन , ८ कोठे भवनको उद्घाटनका कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जनाईएको छ ।
Facebook Comment