नवप्रगती पृथ्वी साकोसको पिठौली सेवा केन्द्र उदघाटन

NAWALPUR TIMES

नवप्रगती पृथ्वी  साकोसको पिठौली सेवा केन्द्र उदघाटन
20200104 182519

खगेन्द्र पराजुली, १९ पौष, नवलपुर । 

नवप्रगति पृथ्बी साकोस सेवा केन्द्र बिस्तारको अभियानमा जुटेको छ ।  यसैबिच    आज साकोसले कावासोती ११ स्थित पिठौलीको कुडौली केन्द्र उद्घाटन गर्यो । 

एक कार्यक्रमकाबीच आयोजित उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि लगायत सामाजिक ब्यक्तिहरुले सेवा केन्द्र उद्घाटनका क्रममा यहाँ यस खाले बित्तीय संस्थाको सेवा केन्द्र पहिलो रुपमा स्थानीयले पाएकोमा हर्षका साथ शुभकामना दिएका थिए । 

संस्थाले पिठौलीका २ वटा बिद्यालयका ८ जना गरीब तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको छ । 

करीब ४० करोडको सफल कारोवार गर्न सफल नवप्रगति पृथ्वी साकोषमा ३० करोड बचत संकलन तथा ४ करोड रुपैंया शेयर पुजी रहेको जानकारी दिदै सहकारी संस्थाका कार्यकारी प्रमुख नरभुपाल भुसालले ३३ करोड रुपैंया सदस्यमै ऋण प्रबाह भएको तथा ब्यवसायिक परियोजनाका आधारमा ५० लाख सम्मको एक जनालाई ऋण प्रबाह समेत गर्न सकेको बताउनुभयो । वहाँले आगामी बर्षसम्ममा संस्थाले यस्ता लगानीमा १ करोड रुपैंयासम्म पुर्याउने लक्ष्य रहेको सुनाउनुभयो । 


कार्यक्रम साकोषका अध्यक्ष मानसिं खत्रीको अध्यक्षता तथा कावासोती ११ का वडाध्यक्ष शारदाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । 

नवप्रगति पृथ्वी साकोष अहिलेसम्म लगातार ४ बर्षसम्म नेपाल सरकार सहकारी बिभाग र नेफ्स्कुनले प्रदान गर्ने एन् एस् प्रोबेशन ब्राण्ड प्राप्त गर्न सफल भएको छ । हालै देशभरीका ३४ वटा सहकारीमध्ये नवलपुरबाट परोपकार र नवप्रगति पृथ्वी साकोषले २०७६ को एन् एस् ब्राण्ड प्राप्त गरेका हुन् । 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology