देवचुलीमा जारी भलिबल प्रतियोगितामा आज चार खेल सम्पन्न

NAWALPUR TIMES

देवचुलीमा जारी भलिबल प्रतियोगितामा आज चार खेल सम्पन्न
received 2759292664109940

भोलि बाट दोस्रो चरणको खेल हुने

होमनाथ पौडेल/देवचुली
जनजागृत युवा क्लव देवचुली ९ विशालटारद्वारा आयोजित २५ औँ जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आज चार खेल सम्पन्न भएका छन्। यससँगै पहिलो चरणका खेल सम्पन्न भइ खेल दोस्रो चरणमा प्रवेश गरेको छ। आज सम्पन्न भएका खेलमध्ये नवविहानी युवा क्लव, कावासोती-१ हात्तिखोर र आयोजक बिच भएको खेलमा नवविहानी युवा क्लव विजयी भएको छ भने रतनपुर खेलकुद विकास समिति, गैँडाकोट १४ र आयोजक बिच भएको खेलममा रतनपुर खेलकुद विकास समिति विजयी भएको छ।
कावासोती-४ हँसौरा र आयोजक बिच भएको आजको तेस्रो खेलमा कावासोती-४ हँसौरा बिजयी भएको छ। त्यसैगरी नवदुर्गा युवा क्लव, देवचुली ८ मुढाबास र आयोजकबिच भएको आजको अन्तिम खेलमा नवदुर्गा युवा क्लव विजयी भएको छ। यससँगै भोलिबाट हुने दोस्रो चराणका खेलमा १६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन्।
जारी प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५० हजार,मेडल र प्रमाणपत्र, द्धितीय हुने टिमलाई रु २५ हजार मेडल र प्रमाणपत्र र सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमलाई ७ हजार ५ सय मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
जनजागृत युवा क्लवले पुसे १५ को अवसरमा विगत २५ बर्षदेखी भलिबल खेल सन्चालन गर्दै आइरहेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology