युरिक एसिड कसरी हुन्छ ? के खाने के नखाने ??

NAWALPUR TIMES

एजेन्सी : न्युक्लिक एसिड र प्युरिन प्रोटिनबाट युरिक एसिड बन्दछ जो पिसाबबाट बाहिर निस्किरहेको हुन्छ । पिसाबबाट हाम्रो शरीरको विकार तत्वहरु बाहिरिन्छन् तर कहिलेकाहिँ पानीको मात्रा नपुगेर, मृगौलाले छान्न नसकेर युरिक एसिडको मात्रा बढ्छ । हाम्रो शरीरमा प्रोटिनको मात्रा बढि हुँदा हामिलाई यो समस्या देखिन सुरु हुन्छ । साधारण भाषमा युरिक एसिड बढ्नु भनेको मृगौलाले राम्रोसंग काम नगर्नु हो ।

हिजोआज धेरैजसो मानिसले खानपिनमा ध्यान दिँदैनन् । बजारका खानाहरु अधिकतम खाने गर्छन् । चिया, कोक, पेप्सी, रक्सी पानीकै सट्टा पिउने बानीले गर्दा शरीरमा पानीको मात्रा कमि भएर युरिक एसिड हुन्छ । शारीरिक कमजोरी, हड्डीको कमजोरी, जोर्नीमा चिल्लो पदार्थ हुँदा बुढ्यौली लाग्दै गएपछि शरीरमा रगतको कमि, लामो समयसम्म रगतलाई पातलो बनाउने औषधिको सेवन, उच्च रक्तचापको औषधि लामो समयसम्म सेवन गर्दा युरिक एसिड हुने गर्छ ।

थाइराइडको असन्तुलनको कारणले पनि युरिक एसिड हुने गर्छ । यो वशांनुगत पनि हुन्छ ।

देखिने समस्या वा लक्षण
बिहान उठ्दा खुट्टाको बुडि औला रातो भएर टेक्नै नसक्ने गरी दुख्ने गर्छ, खुट्टाको पछाडिको कुर्कुचा दुखेर हिड्नै नहुने हुन्छ । हातखुट्टाको जोर्नी, गोलीगाठोको वरिपरी अत्याधिक दुख्ने र रातो हुने सुन्निने पनि गर्छ । यस्तो समस्या आयो भने बुझ्नुहोस् तपाईलाई युरिक एसिड भएको छ ।

कुर्कुचा दुखे पनि रगत चेक गर्दा युरिक एसिड नदेखिन सक्छ यस्तो हुनु भनेको शरीरको तौल अत्याधिक बढ्नु, पेटमा ग्यासको मात्रा बढ्नु र लामो समयसम्म उभिएर काम गर्नु पनि हो ।

सामाधान
यसको सामाधानको लागि खानपानमा ध्यान दिनुपर्छ । मुख्य भनेको पानीको मात्रा बढाउनुपर्छ । खानामा हरियो साग सब्जीको प्रयोग गर्नुपर्छ । रातो मासुले युरिक एसिडलाई झनै बढाउँने गर्छ । रातो मासुमा प्युरिनको मात्रा अत्याधिक हुन्छ जुन युरिक यसिड बढाउने मुख्य कारण हो ।

बिहानका शित परेको दुबो माथि खाली खुट्टा हिड्नपर्छ, शरीरबाट पसिना निकाल्नुपर्छ, प्रोटिन भएको खाना खानु हुँदैन् । जस्तो स् अण्डा, दही, चना, भटमास, फुलगोभी, माछा-मासु । सुत्नेबेला दुध,दहि नपिउँदा राम्रो हुन्छ । तामा तथा बट्टामा खाँदेको अचार पनि नखाँदा राम्रो हुन्छ । अमिलो खाँदा फ्रेस कागतीको रस खानुपर्छ ।

काँचो नुन नखाने, नुनको सेवन कम गर्ने, खानासंग पानी नखाने, बेकरीका सामानहरु खानु हुँदैन् । भिटामिन सी पाउने खानाहरु खाँदा राम्रो हुन्छ । करेलाको जुस वा करेलाको तरकारी खाँदा राम्रो गर्छ । घ्यु कमारीको रस बिहान-बिहान पिउनुपर्छ । नरिवलको पानीले पनि युरिस एसिड कम गर्न सहयोग गर्छ । मेथीको साग युरिक एसिडको लागि राम्रो मानिन्छ ।

चेरी :- बेथेको सागले अत्यन्तै फाइदा गर्छ । यसले पत्थरी समेत गलाउन सक्छ । खाली पेटमा काँचो लसुन खाने र पानी दिनको ३/४ लिटर सम्म पिउँदा फाइदा पुग्छ । ज्वानो र सुकमेलको चियाले युरिक एसिडल लाई नियन्त्रित गर्छ । आलसको तेल अथवा तोरीको तेल युरिक एसिड हुनेहरुको लागि उपयुक्त हुन्छ । चेरी पनि दैनिक १० देखि २० वटासम्म खानाले यसले फाइदा पु-याउँछ । मेवा, गाँजर, तरल पदार्थ युक्त खानेकुरा अत्याधिक खानुपर्छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology