एपेन्डिसाइटिस के हो र कसलाई हुन्छ

NAWALPUR TIMES

एपेन्डिसाइटिस जुनसुकै उमेर समूहको जसलाई पनि हुनसक्छ । यो अकस्मात हनुसक्छ । अकस्मात हुने भएकाले २४ घन्टाभित्र शल्यक्रिया गरिसक्नुपर्छ ।

यसको लक्षण अचाक्ली पेट दुख्नु हो पेट दुखेको २४ घण्टा भित्रै शल्यक्रिया गरेर एपेन्डिक्स भन्ने अंगलाई पेटबाट काटेर फाल्नुपर्छ।

एपेन्डिक्स शरीरमा विकास भएको तर काम नलाग्ने अङ्ग हो । यो ५ देखि ७ सेमि जति लामो ट्युव आकारमा दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठुलो आन्द्रा जोडिएको भागको पछाडिपट्टी हुन्छ।

किन हुन्छ एपेन्डिसाइटिस

एपेन्डिसाइटिसको प्रमुख कारण एपेन्डिक्स अंगको नलीमा हुने संक्रमण, हो । यो पेटमा रहेका परिजीबी हो। फाइबर नभएको खाना खाँदा, लामो समयसम्म कब्जियत भएपछि यो समस्या आउने गर्छ। यसरी लगातार एपेन्डिक्समा लामो समयसम्म रुकावट आउनाले यो सुन्निएर संक्रमण भई फुट्ने अवस्थामा आउँछ। फुट्यो भने पेट र रगतमा संक्रमण फैलाउने संभावना हुन्छ। यसले मानिसको ज्यान जान सक्छ ।

एपेन्डिसाइटिस रोग नभई आकस्मिक अवस्था हो। ट्युवमा कुनै संक्रमण भए पश्चात अचानक ग्याँष्टिकका लक्षणहरु जस्तै महशुश हुने, वाकवाकी लाग्ने, नाइटोको वरीपरि दुख्न, हल्का ज्वरो आउने, वान्ता हुने, जस्ता लक्षणहरु शुरुमा देखापर्छन् । यो बढेर बेस्सरी पेट दुख्ने तथा पेटको तल्लो दायाँ भागमा दुख्ने क्रम बढ्छ ।

कसै कसैलाई झाडापखाला तथा छिटो–छिटो पिसाब लाग्ने हुन्छ। सहनै नसक्ने गरी बेस्सरी पेट दुख्छ । के कारणले पेट दुखेको हो भन्ने पत्ता लगाउन विभिन्न परिक्षणहरु गरिन्छ । रक्त परिक्षण, युरिन टेष्ट तथा अल्ट्रासाउण्डद्वारा एपेन्डिक्स सुन्निएको मात्र हो या फुटिनै सकेको छ भन्ने पत्ता लगाइन्छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology