अमृतसमान अंकुरित गेडागुडी

NAWALPUR TIMES

गेडागुडीलाई निश्चित समयसम्म भिजाएर अंकुरित भइसकेपछि खाँदा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। अंकुरित गुडागुडीमा पाइने जटिल संरचना वा पौष्टिक तत्त्वहरु सरल र शरीरका लागि पाच्य भइसकेपछि सेवन गर्नु स्वास्थ्यमा अति नै हितकर मानिन्छ।

दाल, गहुँ, भटमास, मेथी आदिका दानालाई राम्ररी धोइपखाली गरेर सफा र स्वच्छ पानीमा १२ घण्टासम्म भिजाएर राखी बाँकी रहेको पानी फाली फेरि धोएर घाम नलाग्ने अँध्यारो ठाउँमा फिँजाएर राख्न सकिन्छ।

यसरी राखेको दुई–तीन दिनभित्र गेडागुडी अंकुरित हुन्छन्। यसलाई खाजा वा नास्ताका रुपमा काँचै वा हल्का बफाएर समेत खान सकिन्छ। काँचै खादा यसका पौष्टिक तत्वहरु नष्ट नहुने हुनाले बढी फाइदाजनक हुन्छ।

संसारमा भएका विभिन्न खोज अनुसन्धानले पनि टुसाएका गेडागुडी खानुको महत्त्वलाई अझ प्रष्ट पारिदिएका छन्। अंकुरित गेडागुडीमा एन्टिअक्सिडेन्टको मात्रा प्रचुर हुने हुनाले फ्रि रेडिकल्सबाट उत्पन्न हुने विभिन्न रोगबाट बचाउँछ।

जुनसुकै मौसममा उत्पादन गर्न अनुकूल टुसाएका गेडागुडीमा मासुमा भन्दा बढी पौष्टिक तत्त्वहरु पाइन्छ। टुसाएका गेडागुडीमा भिटामिन ए, भिटामिन बी र भिटामिन सीको मात्रा समेत प्रचुर पाइन्छ। टुसाएका गेडागुडीमा जटिल कार्बोहाइड्रेडहरु सरल ग्लुकोज, फ्रुक्टोज, माल्टोजहरुमा र जटिल प्रोटिनहरु सरल एमिनोएसिडहरुमा परिवर्तन हुन्छन्। जसले पाचन प्रणालीलाई सहयोग गर्नुका साथै अखाद्य पदार्थहरु नष्ट गरी गुणस्तरमा वृद्धि गर्छ।

त्यसैले अंकुरित गेडागुडीको सेवनले कब्जियत, पाइल्स, फिस्टुला, फिसर लगायतका रोगबाट बचाउन मद्दत गर्छ। टुसाएका गेडागुडीको नियमित सेवनले घाउहरु चाँडै निको पार्ने, तौल घटाउने र एन्टिबडी इन्जाइम्स र हर्मोनहरु बनाउने कार्यमा टेवा पुर्यासउँछ।

टुसाएका गेडागुडीमा पाइने फाइटोस्ट्रिोजन नामक तत्त्व महिलामा महिनावारी रोकिएपछि हुने समस्या जस्तै पसिना आउने, शरीर तात्ने, हड्डी कमजोर हुने र महिनावारी हुनुभन्दा अगाडि देखिने समस्यामा उपयोगी हुन्छ। टुसाएका ब्राउन राइस, मेथी आदि खाँदा मधुमेह, बाथ तथा मुटु र रक्त नलीगत रोगमा फाइदा पुगेका तथ्यहरु फेलारिसकेका छन्।

आयुर्वेदका विभिन्न ग्रन्थहरुमा तथा अन्तर्राष्ट्रिय आहारमा महत्वपूर्ण स्थान हासिल गरिसकेको अमृत समान टुसाएका गेडागुडी र खाद्य पदार्थहरु खाएर रोग लाग्ने अवस्थाबाट बचौं।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology