मिना कंडेल
कावासोती, ७ मंसिर । पूर्बी नवलपरासीको
पहाडी क्षेत्रमा
यस बर्ष सुन्तलाको उत्पादनमा उल्लेख्य वृद्धि हुने भएको छ। सुन्तला सुदृढीकरण अभियान सञ्चालन,
अनुकुल मौसम तथा वातावरण, सुन्तलाको बगैंचा र क्षेत्रफल विस्तार तथा किसानको
आकर्षणका कारणले यसवर्ष १० प्रतिशतले सुन्तलाको उत्पादन बढ्ने
अनुमान गरिएको हो।
जिल्लामा
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम संचालनमा आए पछि पुर्बी नवलपरासीको बुलिगंटार र
बांैदीकाली ,बिनयीत्रिबेणी,र हुप्सेकोट गाउँपालिकाको पहाडी क्षेत्रमा सुन्तला
उत्पादन राम्रो भएको कृषक जयबहादुर बिरकटटा मगरले बताउनुभयो। यो बर्ष समयमा
पानी परेका कारण र हावा हुरी समेत कम आएका कारण जिल्लामा सुन्तला खेती
राम्रो रहेको मगरको भनाई रहेको छ।
सुन्तला खेतीलाई थप
प्रबद्र्धन गर्न दुई बर्ष देखि कार्यक्रम सुरु भएको र यो कार्यक्रम सफल बन्दै गएको बरिष्ठ
कृषि बिकास अधिकृत बिण्णु प्रसाद शर्माले बताउनुभयो । यो कार्यक्रम
बुलिगंटार गाउँपालिकाका ६ वडा, बौदीकाली गाउँपालिकाका तीन वडा
,देबचुली नगरपालिकाको
वडा नं ६ , हुप्सेकोट गाउपालिकाको वडा नं ५
लाई समेटेर शुरु गरिएको र यहाँको ५०० हेक्टर क्षेत्रफलमा यो कार्यक्रम शुरु भैरहेको
र एक हजार हेक्टर क्षेत्रफलमा बिस्तार गरिने शर्माले बताउनुभयो ।
कार्यक्रम अन्तर्गत
सुन्तलाको खेती गर्ने किसानहरुलाई बिउ बिजन अनुदान , मेसीनरी औजार अनुदान लगायतका सबै सेवा
उपलब्ध गराईने गरेको शर्माले बताउनुभयो ।
पूर्बी नवलपरासीका
पहाडी क्षेत्रमा सुन्तला खेती बाट हरेक बर्ष चार देखि पाँच करोड सम्मको सुन्तला बिक्री हुने
गरे को छ भने यो क्षेत्रमा बर्षेनी प्रतिबोट सरदर एक हजार रुपैयांका दरले
सुन्ताला उत्पादन भै विक्री हुदै आएको छ । अहिले सुन्तला जोन कार्यक्रम
प्रभाबकारी भएका कारण पनि उत्पादन बढने प्रधानमन्त्री आधुनिक कृषि
परियोजनका प्रमुख शर्माले बताउनुभयो । सो को यकिन तथ्यांक भने आउन केही समय
लाग्ने शर्माले बताउनुभयो ।
पूर्बी नवलपरासीको
पुर्व पहाडी भेग अन्तर्गत दुई गाउँपालिकाका नौ वडा र अन्य पाँच वडा गरि १४ वडामा तीन हजार
दुई सय कृषक सुन्तला खेतीमा आबद्ध रहेका छन् । जसमध्ये सुन्तला खेतीका
लागी वौदीकाली र बुलिङ्गटार गाउँपालिकाका क्षेत्रलाई पकेट क्षेत्रको
रुपमा मानिन्छ । यस वाहेक धुर्कोट,रतनपुर र र बिनयी त्रिबेणीका केही वडामा
पनि सुन्तला खेती राम्रो हुने गर्दछ ।
सुन्तला जोन शुरु भए
पछि पुर्बी नवलपरासीको पहाडका हरेक गाउंमा कृषि सडक पुगेपछि कृषकहरुलाई आफूले उत्पादन गरेको
सुन्तला बजारसम्म ल्याउन नपर्ने र व्यापारीहरु गाउं गाउंमा आएर सुन्तला
किन्ने गरेको कृषकले बताए । कृषकले दुई तीन ठाउँमा सुन्तला भण्डार गर्ने
ब्यबस्था मिले आगामी दिनमा कृषकको सुन्तला खेती तर्फ झनै आर्कषण बढने
बाँैंदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर राना मगरले बताउनुभयो ।
यहा प्रतिकेजी ८०
देखी ९० रुपैया सम्म किसानले बोटै बाट सुन्तला बिक्री गर्ने गरेका छन् भने रु एक सय देखी १२०
रुपैया सम्म बजारबाट उपभोक्ताहरुले पाउने गरेका छन् । पूर्बी नवलपरासीको पहाडी
क्षेत्रमा उत्पादीत सुन्तला पुर्बी नवलपरासी सहित बुटवल , पोखरा लगायतका स्थानमा राम्रो बजार
पाएको पाईन्छ
।
पुर्बी नवलपरासीको
पहाडी क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब तीन हजार दुई सय घर परिवार सुन्तला खेतीमा
आश्रीत छन् । पुर्बी नवलपरासीमा गत बर्ष ६२५ हेक्टर क्षेत्रफलमा एक हजार
१५४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो भने यो बर्ष केही उत्पादन बढने
अनुमान गरेको सुन्तला कृषक उत्पादक समितिले जनाएको छ ।
प्रकाशित : २०७६ मंसिर ९ गते १४:२५
Facebook Comment