ह्याप्पी एफएमको पाँचौ वार्षिकोत्सबमा भिजिट देवचुली पर्यटन उत्सव

NAWALPUR TIMES

ह्याप्पी एफएमको पाँचौ वार्षिकोत्सबमा भिजिट देवचुली पर्यटन उत्सव
15741591901574156367Capture

मंसिर ३

मंसिर ५ गते देखि १५ गते सम्म नवलपुरको दलदलेमा देवचुली पर्यटन उत्सव आयोजना हुने भएको छ । दलदलेमा रहेको आभानी मिडिया प्रा.लि ले ह्याप्पी एफ एफमको ५ औँ वार्षिक उत्सवको अवसर पारी उक्त महोत्सव आयोजना गर्न लागिएको आयोजक आभानि मिडिया प्रा.लिले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो ।

विशेष गरि भिजिट नेपाल २०२० लाई थप उचाइ प्रदान गर्न तथा स्थानिय पर्यटन प्रबद्धन गर्न महोत्सवको आयोजना गरिएको आभानि मिडिया प्रा.लिका अध्यक्ष डिल्लीराम कडरीयाले जानकारी गराए ।

११ दिन सम्म आयोजना गरिने महोत्सवमा ३४ फुट लामो कलात्म देवचुली डाँडा,पशुपति मन्दिर, लम्बिनी,मुक्तिनाथ मन्दिरको प्रतिमा,गण्डकी प्रदेशको एक सय पर्यटकिय गन्तव्यको फोटो,कृषि उपज प्रदशनि, पञ्चेबाजा प्रतियोगिता, बालउद्यानहरु समेत रहने आयोजक आभानि मिडिया प्रा.लि हेप्पी एफ एमका स्टेसन म्यानेजर आर्दश शुसिलले जानकारी गराए ।

महत्सको उद्घाट गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गर्ने जनाइएको छ । महोत्सव हेप्पी एफ एम नजिक आयोजना हुने छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology