देवचुलीमा ९० वर्षीय श्रीमानले गरे ७६ वर्षीय श्रीमतीको हत्या

NAWALPUR TIMES

देवचुलीमा ९० वर्षीय श्रीमानले गरे ७६ वर्षीय श्रीमतीको हत्या

कावासोती । नवलपुरको देवचुली नगरपालिका–३ आम्बासमा एक वृद्धद्वारा आफ्नै श्रीमतीको रड प्रहार गरेर हत्या गरेका छन ।

मङ्गलबार राती ९० वर्षीय दिलबहादुर थापाले आफ्नी ७६ वर्षीया पत्नी जमुना थापाको टाउकोमा फलामको रडले प्रहार गरी हत्या गरेका हुन्।

घटनास्थलमै जमुनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएकाे छ । प्रारम्भिक अनुसन्धानअनुसार दम्पतीबीच घरेलु विवाद चर्किँदै जाँदा हातपातको अवस्था सिर्जना भएको थियो। त्यसक्रममा श्रीमानले फलामको रड प्रयोग गरी श्रीमतीको टाउकोमा प्रहार गरेका थिए। गम्भीर चोटका कारण घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीले हत्यापछि फरार भएका दिलबहादुरलाई केही समयमै नियन्त्रणमा लिएको छ। अहिले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology