गैँडाकोटमा हाईस दुर्घटना, ७ जना घाईते (घाईतेको नामावली सहित)

NAWALPUR TIMES

गैँडाकोटमा हाईस दुर्घटना, ७ जना घाईते (घाईतेको नामावली सहित)

कावासोती । नवलपुरको गैंडाकोटमा हाइस गाडी दुर्घटना हुँदा ७ जना घाईते भएका छ्न ।

गैँडाकोटको विजय चोकमा पूर्व पश्चिम राजमार्गमा दाङबाट काठमाण्डौ तर्फ जादै गरेको बा ४ ख ५०५० न.को हाईस चालकले नियन्त्रण गुमाउदा सडक पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा ७ जना यात्रुहरु भएका प्रहरीले जनाएको छ । घाइते मध्य ५ जनालाई उपचारको लागि पुरानो मेडिकल कलेजउ भरतपुर पठाईएको छ । पुरानो मेडिकल कलेजमा गोरखा पालुङटार-७ की शान्ता बि.क, कमल बि.क, दाङ तुलसीपुर उपमहानगर पालिका-१ का कृष्ण कुमार नेपाल, दाङ घोराही-५ कि गिता वली, दाङ तुलसीपुर उपमहानगर पालिका-६ का धर्मराज केसीको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

त्यसै गरि नवलपुर मध्यविन्दु-९ का सुवास श्रेष्ठ र रेजिना श्रेष्ठको स्थानीय मेडिकलमा उपचार भएको नवलपुर प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology