बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

NAWALPUR TIMES

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ
arrest 1

कावासोती । बँदेल मारेको अभियोगमा नवलपुरको कावासोती बाट ७ जना पक्राउ परेका छ्न ।

नवलपुरको कावासोती-११ को कुढौली मध्यवर्ती सामुदायिक वन र कावासोती-१२ को राजरत्न मध्यवर्ती सामुदायिक वनको सिमानामा बँदेलको मासु सहित ७ जनालाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिए ।

पक्राउ परेकाहरुबाट प्लास्टिकको झोलामा पोको पारेको अवस्थामा बंदेलको मासु समेत बरामद भएको उनले बताए ।

विषेश सूचनाको आधारमा पक्राउ परेकाहरु कावासोती ११ र १२ का रहेका र उनिहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको निकुञ्जले जनाएको छ ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology