नवलपुरमा १४३ विद्यालयका ६ हजार ७ सय ६ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

NAWALPUR TIMES

नवलपुरमा १४३ विद्यालयका ६ हजार ७ सय ६ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

कावासोती । चैत १९ देखि सुरु हुने एसइइ परीक्षामा नवलपुरमा यो वर्ष  ६ हजार ७ सय ६ जना विद्यार्थी सहभागी हुँदैछ्न । यस वर्ष जिल्लाबाट जिल्लाका ९२ वटा सामुदायिक विद्यालय र ५१ वटा संस्थागत विद्यालयका ३ हजार ४ सय ११ छात्रा ३ हजार २सय ९५ छात्र गरि ६ हजार ७ सय ६ जना विद्यार्थी परीक्षा मा सहभागी हुदैछ्न ।

परीक्षामा सहभागी हुने विद्यार्थी मध्य सामुदायिक विद्यालयका ५ हजार १ सय १ जना, संस्थागत विद्यालयका १ हजार ६ सय ५ जना विद्यार्थी रहेका शिक्षा विकास तथा समन्वय इकाई नवलपुरले जनाएको छ ।

यस वर्ष परीक्षामा सहभागी हुने कुल विद्यार्थीमध्ये नियमित तर्फ ५ हजार ६ सय ९८ जना विद्यार्थी रहेका छ्न जसमा ५ हजार ५ सय २२ जना साधारणतर्फ धारका विद्यार्थी हुन भने १ सय ७६ जना विद्यार्थी प्राविधिक धारका हुन । त्यसै गरि १ हजार ८ जना विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सामेल हुँदैछन् । जसमा ९ सय ८९ जना साधारण तर्फका र १९ जना प्राविधिक धारतर्फका विद्यार्थी रहेका छन् ।

एसइइ परीक्षा सञ्चालनका लागि नवलपुर जिल्लामा केन्द्राध्यक्ष सहायक केन्द्राध्यक्ष निरीक्षक, परीक्षा सहायक, कार्यालय सहयोगी र सुरक्षाकर्मी गरी १ हजार ९२ जना जनशक्ति परिचालन हुँदैछन् ।

परीक्षा सञ्चालनका लागि यो वर्ष गैंडाकोट नगरपालिकामा ४ वटा, देवचुली नगरपालिकामा ५ वटा, कावासोती नगरपालिकामा ७ वटा, मध्यबिन्दु नगरपालिकामा ५ वटा परीक्षा केन्द्र, विनयी त्रिवेणी गाउँपालिकामा २ वटा परीक्षा केन्द्र, हुप्सेकोट गाउँपालिकामा ३ वटा परीक्षा केन्द्र, बौदीकाली गाउँपालिकामा १ वटा परीक्षा केन्द्र र बुलिङटार गाउँपालिकामा १ वटा परीक्षा केन्द्र गरी २८ वटा परीक्षा केन्द्र तोकिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology