NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष २७ गते १९:३५
IMG 20220111 193427

नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरमा नागरिक प्रहरी पुस्तकालयको स्थापना गरिएको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले जिल्ला प्रहरी कार्यालय परिसर भित्र पुस्तकालयको उदघाटन गर्नु भएको हो ।

नागरीक र प्रहरी बीचको समन्वयलाई सुदृढ गर्न र बाह्य  ज्ञानको सीमालाई बढाउनको निमित्त ‘नागरिक-प्रहरी पुस्तकालय’ को स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

कार्यक्रम गण्डकी प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखबीच भएको कार्यसम्पादन सम्झौताको अनुसार संचालन भएको र यस कार्यक्रमको लागी कावासोती नगरपालिका, गैंडाकोटन गरपालिका, मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाबाट फर्निचर र पुस्तक सहयोग प्राप्त भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । पुस्तकालय आम नागिक र प्रहरी कर्मचारीहरुको लागी खुला गरिने छ ।

यस अघि जिल्ला प्रहरी कार्यालय सहित ५ प्रहरी युनिटका हिरासत रहने थुनुवाका लागि जिल्ला प्रहरी कार्यालयको अगुवाइमा “हिरासतमा किताव” कार्यक्रम अन्तर्गत हिरासतमा पुस्तकालय सन्चालन गरिएको थियो ।

प्रकाशित : २०७८ पुष २७ गते १९:३५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI