बाबुआमाको कुटपिट बाट नवलपुरमा ४ महिने शिशुको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८२ वैशाख ९ गते ९:१३
बाबुआमाको कुटपिट बाट नवलपुरमा ४ महिने शिशुको मृत्यु

कावासोती । बाबुआमाले कुटापिट र लछारपछार गर्दा नवलपुरको बौदीकालीमा ४ महिने शिशुको मृत्यु भएको छ ।

बौदिकाली-१ अर्मलेमा बाबू दिपेन्द्र परियार र आमा कमला परियारले गए राती मादक पदार्थ सेवन गरी चार महिने छोरा लाई लछारपछार गर्दा शिशु गम्भीर घाईते भएका थिए । गम्भीर घाइते शिशुको पाल्पाको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधु नेपालले बताए ।

मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेर भागेका थिए । घाईते अवस्थामा शिशुलाई देखे पछि हजुरबुबाले स्थानीयको सहयोगमा उपचारको लागि रामपुर अस्पताल पाल्पा पुर्‍याएका थिए ।

शिशुको हत्यामा संलग्न रहेका २१ वर्षीय बाबु दीपेन्द्र परियार र ३५ वर्षीय आमा कमला परियार अहिले प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान भैरहेका डिएसपी नेपालले जानकारी दिए ।

प्रकाशित : २०८२ वैशाख ९ गते ९:१३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI