कावासोती । नवलपुरको हुप्सेकोटमा हरेक वर्ष आयोजना हुँदै आईरहेको मोफसलकै प्रतिष्ठित युनाईटेड गोल्ड कप यस वर्ष भदौ ६ गतेबाट सुरु हुने भएको छ ।
“राष्ट्रिय गरिमा सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने मुल नारा सहित युनाईटेड युवा क्लब गिरुवारीले आयोजना गर्ने “युनाइटेड गोल्ड कप” फुटबल प्रतियोगिताको ३९ औं संस्करण हुप्सेकोट ३ स्थित सरस्वती मा.बि. को खेल मैदानमा संचालन हुन लागेको हो ।

प्रतियोगितामा देशभरका २४ चर्चित फुटबल क्लब र खेलाडीहरु सहभागी हुने खेल संयोजक हरि थापाले बताए ।
प्रतियोगिताको विजेताले २ लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५१ हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेल संयोजक थापाका अनुसार सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन ।
उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्तालाई समेत नगद ८ हजार सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

यस अगाडिका खेलहरुमा एउटै टिममा धेरै बिदेशी खेलाडिहरुलाई समावेश गराउने गरिएकोमा यस वर्ष भने एउटा टिमले बढिमा ३ जना मात्रै बिदेशी खेलाडिलाई टिममा समाबेश गराउन पाउने गरि नियम गराईएको खेल संयोजक थापाले बताए ।
३९ औं संस्करणको आयोजना हुन लागेको प्रतियोगितालाई जिल्लाकै गौरवको खेलकुद प्रतियोगिताको रुपमा लिईन्छ ।क्लबले हरेक बर्ष हरितालिका तिजका अवसरमा प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
प्रकाशित : २०८२ साउन २३ गते ९:५५
Facebook Comment