NAWALPUR TIMES

FB IMG 16016527940385926

उमेश बि.क / नवलपरासी ,१६ असाेज

पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ राख्ने प्रस्तावको विरोधमा नवलपरासीमा प्रदर्शन भएको छ।

जिल्लाका कृयाशिल राजनैतिक दलका नेता तथा कार्यकर्ताले परासी बुद्ध चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन्।

राजधानीका लागि बुटवल नै उपर्युक्त भएको भन्दै प्रदेशसभा सदस्य बैजनाथ जैसवाल , नेपाली काङ्ग्रेस जिल्ला सचिव गजान्द पटेल, काङ्ग्रेस नेता अनिल गाैड, जसपा जिल्ला संयोजक मुकुरजि गिरी ,धिरेन्द्र यादव लगाएतका नेता तथा कार्यकर्ताहरुले टायर बालेर विरोध प्रदर्शन गरेका हुन्।

विरोध प्रर्दसनमा प्रदेशसभा सदस्य बैजनाथ जैसवालले कुनैपनि हालतमा प्रदेशको राजधानी बुटवल नै हुनुपर्ने बताउदै नभए सबै जना आन्दोलनकाे कडा कदम चाल्ने बताएका छन ।

प्रदेशको राजधानीसम्बन्धी प्रस्ताव विवादित भएपनि नामकरणका विषयमा भने खासै विवाद सुनिएको छैन ।

प्रदेश सरकारले शुक्रबार दिउँसोको प्रदेशसभा बैठकमा राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology