कावासोती । नवलपुरको कावासोतीमा भएको सवारी दुर्घटनामा परी मुगु जिल्ला समन्वय समितिका प्रमुख मन्जन कार्की घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गको कावासोती –१६, चालिस किलो जंगलमा दुम्किबासबाट कावासोती तर्फआउदै गरेको बाग्मती प्रदेश ०६–००१ ख ०२३१ नम्बरको खाली टिपर र काठमाण्डौंबाट मुगु तर्फ जाँदै गरेको गरेको बा १ झ ९११६ नं.को मुगु जिल्ला समन्वय समितिको सुमो गाडी एक आपसमा ठक्कर खाँदा गाडीमा सवार मुगु जिल्ला समन्वय समिति प्रमुख ५० वर्षीय मन्जन कार्की घाइते भएका हुन् ।
उनको टाउको चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ।
उनीसँगै चालक मुगु सोरु ३ ,बस्ने वर्ष २० का भविरा कार्की समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले बताए।
अवस्था मध्यम रहेको र दुबै जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित : २०८१ पुष २५ गते १६:३७
Facebook Comment