सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँको कति ? (सूचीसहित)

NAWALPUR TIMES
प्रकाशित : २०८१ पुष २२ गते १८:०४
सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँको कति ? (सूचीसहित)

कावासोती । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । आजदेखि लागु हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाएको हो ।

विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधको भाडा बढाएको हो । यात्रुवाहक सवारीमा ३.३० प्रतिशत भाडा बढाइएको छ । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.०५ प्रतिशतले बढाइएको विभागले जनाएको छ ।

सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्चबारे गरिएको बजार अध्ययन तथा विश्लेषणका आधारमा भाडा समायोजन गरिएको विभागले जनाएको छ ।

सरोकारवाला पक्षसँगको परामर्शमा पनि यातायातका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, हाककट्टी र सञ्चालन मुनाफालगायत सूचकहरूमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका सवारीको भाडा बढाउनुपर्ने देखिएको विभागको भनाइ छ ।

यसअघि, सरकारले ०८० साउन ३१ मा भाडादर समायोजन गरेको थियो ।

कहाँको भाडा कति बढ्यो ?

 

 

प्रकाशित : २०८१ पुष २२ गते १८:०४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI