कावासोती । सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।
१५ वर्ष अगाडीको सवारी ज्यान मुद्दाका फरार प्रतिवादी रहेका नवलपुर मध्यविन्दु नगरपालिका-१४ का मोहन नेपालीलाई नवलपुर प्रहरीले गैँडाकोटबाट पक्राउ गरेको जिल्ला प्रहरी नवलपुरका डिएसपी जेसी शाहले जानकारी दिए ।
पक्राउ परेका नेपालीले चलाएको ना २ ख ६६७५ नं. को बसले वि.स २०६६ को फागुनमा नारायणघाट बुटवल सडकखण्डको झराही खोलामा लु ३ त ५१७९ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक रुपन्देहीका विनोद भुसालको घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनामा मोटरसाइकलमा सवार अन्य दुई जना समेत घाईते भएका थिए ।
घटना लगत्तै फरार भएका नेपालीलाई पक्राउ गरेर थप अनुसन्धान अगाडी बढाईएको डिएसपी शाहले बताए ।
प्रकाशित : २०८१ पुष २१ गते ११:३६
Facebook Comment