कावासोती । नारायणी नदिको पानी दक्षिणी भंगालो तर्फ मात्रै बग्दा नवलपुरका तटिय क्षेत्र सुख्खा हुँदै गए पछि बिहिबार देखि उत्तरी भंगालोमा नारायणीको पानी फर्काउन सुरु गरिएको छ ।
केही वर्षदेखि चितवन तर्फबाट नदीजन्य पदार्थ निकालेका कारण नदीको पानी चितवनतर्फ रहेको दक्षिणी भंगालोमा मात्रै बगेको थियो ।
नदिको उत्तरी भंगालोमा पानीबहाव घटदा नवलपुरको गैंडाकोट देखि त्रिवेणी सम्मको तटिय क्षेत्र सुक्दै गएको र नदि आश्रित मानव वन्यजन्तु एवं जलचर प्रभावित भएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका थिए । यसै सन्दर्भमा नवलपुर टाईम्सले चितवन तर्फ नारायणीको दोहन बढ्दा नवलपुरका तटिय क्षेत्र सुख्खा शिर्षकमा सोमबार समाचार समेत प्रकाशित गरेको थियो ।
मंगलबार जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको अध्यक्षतामा बसेको जिल्ला अनुगमन समितिको बैठकले चितवन राष्ट्रिय निकुञ्जको समन्वयमा नारायणी नदिमा डोजर एक्साभेटर प्रयोग गरेर पानीको बहाव फर्काउने निर्णय गरेको थियो ।
बिहिबार देखि गैंडाकोट-११ मा पर्ने गणेश घाटबाट नवलपरासीतर्फ थुप्रिएको ढुंगा ग्राभेल हटाएर नदीको बहाव फर्काउने काम सुरु भएको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले जानकारी दिए । बिहिबार देवचुली नगरपालिकाको एक्साभेटर प्रयोग गरेत नदिको बहाव फर्काउन सुरु गरिएको हो । शुक्रबार गैँडाकोट र कावासोतीको एक्साभेटर समेत प्रयोग गरिने उनले बताए ।
नदिको बहाव चितवन तर्फमा मात्रै सोझिदा धार्मिक आस्था सँग जोडिएको नारायणी नदिमा हिउँदको समयमा नवलपुर क्षेत्र तर्फ नदि स्नान लगाएतका धार्मिक अनुष्ठानका लागि समेत पानीको अभाव भएको छ भने नदि आश्रित मानव वन्यजन्तु एवं जलचर प्रभावित भएका छ्न ।
यो पनि पढनु होस ।
चितवन तर्फ नारायणीको नदिको दोहन बढदा नवलपुरका तटिय क्षेत्र सुख्खा
प्रकाशित : २०८१ पुष १८ गते १९:२२
Facebook Comment