कावासोती । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज समूह ‘बी’ का अन्तिम खेल हुँदैछन् । आज हुने दोस्रो खेलमा घरेलु टोली नेपाल र श्रीलंका भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ५ बजेदेखि शुरू हुनेछ । सेमिफाइनल पुग्नका लागि समूह ‘बी’ मा नेपाल र श्रीलंकासँगै भुटानको सम्भावना उत्तिकै छ । नेपाल आजको खेलमा श्रीलंकालाई हराउँदै समूह विजेताको रूपमा सेमिफाइनल पुग्न चाहन्छ । श्रीलंका पनि नेपाललाई हराउँदै अन्तिम चारको यात्रा तय गर्न चाहन्छ ।
समूह ‘बी’ मा रहेको नेपाल ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान अकंबाट भुटान दोस्रो स्थानमा छ । ३ अंक भएको श्रीलंका तेस्रो स्थानमा छ। अंकविहीन माल्दिभ्स पुछारमा छ ।
प्रकाशित : २०८१ कार्तिक ८ गते ८:२६
Facebook Comment