कावासोती । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी टी–२० महिला विश्वकप क्रिकेटमा आइतबार दुई खेल खेलिने भएको छ । आइतबारको पहिलो खेल दुई चिर प्रतिद्वन्द्वी टोली भारत र पाकिस्तानबिच खेलिने छ ।
भारत र पाकिस्तानबिचको खेल नेपाली समय अनुसार, दिउँसो १५ः४५ बजे सुरु हुनेछ । पहिलो संस्करणदेखि नै महिला टी–२० विश्वकपमा सहभागिता जनाउँदै आए पनि हालसम्म उपाधि चुम्न नसकेको भारत यसपटक हरमनप्रित कौरको कप्तानीमा रहेको छ ।
भारत हालसम्म एकपटक मात्र महिला टी–२० विश्वकपको फाइनलमा पुग्न सकेको छ । सन् २०२० मा भएको महिला टी–२० विश्वकपको फाइनलमा भारतलाई अस्ट्रेलियाले ८५ रनले हराएको थियो ।
यसैगरी, पाकिस्तानले पनि महिला टी–२० विश्वकपमा पहिलो संस्करणदेखि सहभागिता जनाउँदै आएको छ । तर, पाकिस्तानी टोली हालसम्म फाइनलमा पनि पुग्न सकेको छैन ।
Facebook Comment